• ट्रेण्डिङ:

खोटाङमा एकै दिन २१ जनालाई कोरोना संक्रमण पुष्टि   

खोटाङमा एकै दिन २१ जनालाई कोरोना संक्रमण पुष्टि   

रोदिक खबर

२६, बैशाख २०७८
  • 3.2K
    SHARES
  • खोटाङमा एकै दिन २१ जनालाई कोरोना संक्रमण पुष्टि   

    खोटाङ । खोटाङमा एकै दिन २१ जना कोरोना संक्रमित थपिएका छन् । आइतबार ४० जनाको एन्टीजेन परिक्षण गर्दा हलेसी तुवाचुङ नगरपालिकामा ११ जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ५ जना, साकेला गाउँपालिकामा ४ जना र ऐसेलुखर्क गाउँपालिकामा १ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

    यससँगै जिल्लामा संक्रमितको संख्या ४९ पुगेको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुन्यप्रसाद सिग्देलले बताए । हलेसी तुवाचुङ नगरपालिकामा एकै दिन ११ जना संक्रमित थपिएका हुन् । 

    हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा संक्रमितको संख्या २४ जना, साकेला गाउँपालिकामा १२ जना, हलेसी तुवाचुङ नगरपालिकामा ११ जना, ऐसेलुखर्क गाउँपालिकामा १ जना र जन्तेढुंगा गाउँपालिकामा १ जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

    संक्रमितमध्ये ४५ जना होमआइसोलेसनमा र ४ जना स्वास्थ्य संस्थामा सामान्य उपचारमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमितसँगको कन्ट्याक्ट ट्रेसिङ गर्दै पिसिआर तथा एन्टीजेन परीक्षणको दायरा बढाउने हो भने संक्रमितको संख्या अरु बढ्ने अनुमान गरिएको छ ।

    जिल्लाका स्थानीय सरकार र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) ले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै ‘बाँच्ने र बचाउने’ अभियानमा साथ दिन नागरिकलाई आग्रह गरिरहेको छ । 

    प्रकाशित मिति :बैशाख २६, २०७८ आइतवार - १९:५५:३३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको