काठमाडौं : नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले आजको संसद् बैठकमा अनुपस्थित हुने वा प्रधानमन्त्रीलाई मतदान नगर्ने एमालेका सांसदमाथि कारबाही गरिने बताएका छन्।
प्रमुख सचेतक भट्टराईले भने, ‘हामीले प्रधानमन्त्रीको पक्षमा मतदान गर्न हिजै निर्देशन दिइसकेका छौँ। बैठकमा सहभागी नहुने सांसदहरूलाई पार्टी बैठक राखेर कारबाही गर्छौं।'
माधव नेपाल समूहले भने आफ्ना मागहरू सम्बोधन नहुँदासम्म ओलीको पक्षमा मतदान नगर्ने अडान राख्दै आएको छ। संसदमा ह्वीप विपरीत मतदानमा सहभागी हुँदा कारबाही प्रक्रियाबाट सांसद पद जाने भएपछि नेपाल पक्षधर समूहले संसदबाटै राजीनामा दिने निर्णय गरेका थियो। तर, सामूहिक राजीनामा गर्नबाट भने पछि हटेको छ।