• ट्रेण्डिङ:

सीमामा खटिएका ४७ सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि

सीमामा खटिएका ४७ सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि

रोदिक खबर

१२, भाद्र २०७७
  • 2.0K
    SHARES
  • सीमामा खटिएका ४७ सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपाल भारत सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी बलका कर्मचारीको जिम्मेवारी परिवर्तन गर्ने बेला परीक्षण गर्दा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    पर्सा, बारा र रौतहटको नेपाल(भारत सीमा  क्षेत्रमा खटिएका सशस्त्र प्रहरी बलका कर्मचारीको बुधबार स्वाब लिएर परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

    सशस्त्र प्रहरी बलका एक उच्च अधिकृतले अनलाइनखबरलाई बताए अनुसार संक्रमित सबै प्रहरीलाई आइसोलेसनमा राखिएको छ । महामारीका बेला सुरक्षा निकायमा कर्मचारीको सरुवा भएपछि रवाना हुनुअघि कोरोना संक्रमण परीक्षण हुँदै आएको छ । त्यही क्रममा सरुवा भएका सशस्त्र प्रहरी कर्मचारीमा संक्रमणको जाँच गरिएको थियो ।

    सीमामा कार्यरत रहँदा र क्वारेन्टिन व्यवस्थापन गर्दा उनीहरुमा संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ । अहिले संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्ने कार्य थालिएको छ । यो सँगै हालसम्म देशभर ५ सय २ सशस्त्र प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    प्रकाशित मिति :भाद्र १२, २०७७ शुक्रवार - १४:१२:२२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको