• ट्रेण्डिङ:

ओलीलाई प्रचण्डको प्रश्न -आफैंले विघटन गरेको संसदमा विश्वासको मत माग्ने नैतिक अधिकार छ प्रधानमन्त्रीज्यू ?

ओलीलाई प्रचण्डको प्रश्न -आफैंले विघटन गरेको संसदमा विश्वासको मत माग्ने नैतिक अधिकार छ प्रधानमन्त्रीज्यू ?

रोदिक खबर

२७, बैशाख २०७८
  • 2.3K
    SHARES
  • ओलीलाई प्रचण्डको प्रश्न -आफैंले विघटन गरेको संसदमा विश्वासको मत माग्ने नैतिक अधिकार छ प्रधानमन्त्रीज्यू ?

    काठमाडौं : नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफैले विघटन गरेको संसदमा विश्वासको मत माग्ने नैतिकता प्रधानमन्त्री केपी शर्मा ओलीसँग नभएको टिप्पणी गरेका छन्।

    सोमबार संसदलाई सम्बाेधन गर्दै प्रचण्डले ओलीलाई विश्वासको मत प्राप्त नहुने र यो विश्वास स्वयम् ओलीलाई पनि नभएको बताए। उनले ओलीलाई राजीनामा दिएर नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न पनि आग्रह गरे।

    प्रचण्डले भने, ‘प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न सक्ने स्थिति छैन। प्रधानमन्त्रीले अघि मतको लागि आग्रह गर्नुभएको छ। तर उहाँलाई पनि राम्रोसँग थाहा छ, यो सदनले उहाँलाई विश्वासको मत दिँदैन। उहाँले बुझ्दाबुझ्दै पनि अपिल गर्नुभएको छ। यो उहाँको अपीललाई लोकतान्त्रिक प्रक्रियाको रुपमा सम्मान नै गर्न चाहन्छु ।’

    प्रचण्डले शान्ति र स्थायित्वका लागि नयाँ संविधान बनाएपनि मुलुक त्यो दिशातिर नगएकोमा आफु खुसी नभएको बताए । उनले भने, ‘म खुसी छैन । के सोचेर संविधान बनायौं र अहिले ३ वर्ष नबित्दै अविश्वास प्रस्ताव जस्ता दुष्चक्रमा फस्दैछ’, उनले सरकारका गतिविधिले संविधानलाई नै कोरोना लागेजस्तो अवस्थाबाट गुज्रनुपरेको बताए ।

    उनले यस्तो अवस्था आउनुमा प्रमुख जिम्मेवार को ? भन्दै देशको राष्ट्रिय स्वाधिनता, संविधान, कम्युनिस्ट आन्दोलनमा मुख्य संकट कसका लागि आयो प्रधानमन्त्री जी भन्दै प्रश्न गरे । उनले आफुलाई प्रधानमन्त्रीले राष्ट्रिय समस्या भनेको सुनेको भन्दै आफु कि तपाई राष्ट्रिय समस्या हो ? भनेर प्रश्न गरे । उनले बाम गठबन्धन र कम्युनिस्ट एकतालाई प्रधानमन्त्री ओलीले नै तुहाउने गरेको आरोप लगाउँदै पार्टीभित्रको लोकतान्त्रिक बहसका कारण संसद विघटन गरेर लोकतान्त्रिक कदम थियो भनेर प्रश्न गरे ।

    ओलीको कार्यशैलीकै कारण विश्वासको मत प्राप्त गर्ने स्थिति नभएको भन्दै उनले बरु ओलीलाई नैतिकताको आधारमा राजीनामा दिन मार्ग प्रशस्त गर्न विगतमा पनि आग्रह गरेको र अहिले पनि त्यही सुझाव दिने उनले बताए। ओलीलाई अहिले पनि संसद विघटनको निर्णय सही नै लागेको उनले बताए।

    ‘तपाईलाई सुरुमा संघीयता मन परेको थिएन। इरिटेड लागेको जस्तो थियो। आँधिहुरी आएपछि मानि दिएँ भन्ने ठान्नुभयो। अहिले पावरमा पुगिसकेपछि यसलाई कुल्चेरै हिँड्छु भन्ने लागेको हो ? ’ प्रचण्डले प्रश्न गरे। ‘म खुसी छैन।

    के सोचेर संविधान बनायौं र अहिले तीन वर्ष नबित्दै अविश्वास प्रस्ताव जस्ता दुष्चक्रमा फस्दैछ’, उनले भने, ‘सरकारका गतिविधिले संविधानलाई नै कोरोना लागेजस्तो अवस्थाबाट गुज्रनुपरेको बताए। उनले यस्तो अवस्था आउनुमा प्रमुख जिम्मेवार को ? भन्दै देशको राष्ट्रिय स्वाधिनता, संविधान, कम्युनिस्ट आन्दोलनमा मुख्य संकट कसका लागि आयो प्रधानमन्त्री जी भन्दै प्रश्न गरे।

    प्रकाशित मिति :बैशाख २७, २०७८ सोमवार - १६:११:२२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको