बिहिवार, कार्तिक १३ गते २०८३

खोटाङमा एक संक्रमितले जिते कोरोना, फूलको गुच्छा सहित स्वास्थ्यकर्मीले गरे बिदाई 

खोटाङमा एक संक्रमितले जिते कोरोना, फूलको गुच्छा सहित स्वास्थ्यकर्मीले गरे बिदाई 

रोदिक खबर

२९, बैशाख २०७८
  • 6.1K
    SHARES
  • खोटाङमा एक संक्रमितले जिते कोरोना, फूलको गुच्छा सहित स्वास्थ्यकर्मीले गरे बिदाई 

    खोटाङ  । खोटाङमा कोभिड–१९ बाट संक्रमित एक जना बिरामी निको भएका छन् । गत बैशाख २१ गते कोभिड–१९ बाट संक्रमण पुष्टि भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ४७ वर्षका पुरुषले कोरोना जितेका हुन् ।

    संक्रमण पुष्टि भएसँगै जिल्ला अस्पतालको आइसोलेसन वार्डमा उपचारमा राखिएका संक्रमितले आठ दिनमै कोरोना जितेका हुन् । बुधबार गरिएको एन्टीजेन परिक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय खोटाङका जनस्वास्थ्य अधिकृत एवं कोभिड फोकल पर्सन आनन्द लामीछानेले बताए । 

    कोभिड–१९ लाई पराजित गरेका पुरुषलाई जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले फूलको गुच्छासहित बिदाई गरेका छन् । बिश्व नर्स दिवसका दिन कोरोना जितेका संक्रमितलाई दिवसकै अवशरमा नर्स श्रृष्टी यादवले अबिर लगाइदिएर फूलको गुच्छा प्रदान गर्दै विदाई गरेकी छन् ।

    अस्पताल भर्नाको तीन दिनपछि लक्षणका आधारमा शंका गरेर एन्टीजेन परिक्षण गर्दा उनलाई कोभिड–१९ संक्रमण पुष्टि भएको थियो । 

    प्रकाशित मिति :बैशाख २९, २०७८ बुधवार - १९:१९:०५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको