खोटाङ । खोटाङमा कोभिड–१९ बाट संक्रमित एक जना बिरामी निको भएका छन् । गत बैशाख २१ गते कोभिड–१९ बाट संक्रमण पुष्टि भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ४७ वर्षका पुरुषले कोरोना जितेका हुन् ।
संक्रमण पुष्टि भएसँगै जिल्ला अस्पतालको आइसोलेसन वार्डमा उपचारमा राखिएका संक्रमितले आठ दिनमै कोरोना जितेका हुन् । बुधबार गरिएको एन्टीजेन परिक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय खोटाङका जनस्वास्थ्य अधिकृत एवं कोभिड फोकल पर्सन आनन्द लामीछानेले बताए ।
कोभिड–१९ लाई पराजित गरेका पुरुषलाई जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले फूलको गुच्छासहित बिदाई गरेका छन् । बिश्व नर्स दिवसका दिन कोरोना जितेका संक्रमितलाई दिवसकै अवशरमा नर्स श्रृष्टी यादवले अबिर लगाइदिएर फूलको गुच्छा प्रदान गर्दै विदाई गरेकी छन् ।
अस्पताल भर्नाको तीन दिनपछि लक्षणका आधारमा शंका गरेर एन्टीजेन परिक्षण गर्दा उनलाई कोभिड–१९ संक्रमण पुष्टि भएको थियो ।