• ट्रेण्डिङ:

प्रदेशबाट स्वास्थ्य कार्यालय खोटाङलाई स्वास्थ्य सामग्री

प्रदेशबाट स्वास्थ्य कार्यालय खोटाङलाई स्वास्थ्य सामग्री

रोदिक खबर

३०, बैशाख २०७८
  • 2.9K
    SHARES
  • प्रदेशबाट स्वास्थ्य कार्यालय खोटाङलाई स्वास्थ्य सामग्री

    खोटाङ । प्रदेश नम्बर १ सामाजिक विकास मन्त्रालयले स्वास्थ्य कार्यालय खोटाङलाई कोभिड–१९ को महामारीमा उपयोग हुने स्वास्थ्य सामग्री उपलव्ध गराएको छ ।

    प्रदेश नम्बर १ की सामाजिक विकास मन्त्री उषाकला राईको पहलमा स्वास्थ्य कार्यालयलाई मास्क, सेनीटाइजर, भिटिएम, बेड लगायतका स्वास्थ्य सामग्री प्राप्त भएको हो । प्रदेशबाट पठाइएको स्वास्थ्य सामग्री बिहिबार जिल्ला समन्वय समिति खोटाङका प्रमुख ववि चाम्लिङले स्वास्थ्य कार्यालयका प्रतिनिधिलाई हस्तान्तरण गरेका छन् । 

    सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्र, हेल्थ लजिष्टिक मेनेजमेन्ट सेन्टरबाट स्वास्थ्य कार्यालयलाई ३ लाख ७ हजार १३० रुपैयाँ बराबरको ३ सय थान भिटिएम, ३ सय थान गाउन सेट, १ हजार थान मास्क, पाँच सय एमएलको २० थान ह्याण्ड सेनीटाइजर, २० थान इन्फ्रारेड थर्मोमिटर र ५/५ लिटरको २ जार सोडिएम हाइपोक्लोराइट सोलुसन प्राप्त भएको हो ।

    यस्तै, १५ थान जेनेरल बेड सेट र २ पिस पल्स अक्सिमिटर फिंगर टिप पनि आएको स्वास्थ्य कार्यालयले जनाएको छ । सामाजिक विकास मन्त्री राईमार्फत प्रदेशबाट आएको स्वास्थ्य सामग्री प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, एमाले नेता कुमार आचार्य लगायतको उपस्थितिमा स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरिएको हो । 

    प्रकाशित मिति :बैशाख ३०, २०७८ बिहिवार - १२:४८:०० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको