• ट्रेण्डिङ:

नेपाल समूहको निष्कर्ष : ओली २०७५ जेठ २ मा फर्किए सहमति हुन्छ, नभए सामूहिक राजीनामा

नेपाल समूहको निष्कर्ष : ओली २०७५ जेठ २ मा फर्किए सहमति हुन्छ, नभए सामूहिक राजीनामा

रोदिक खबर

३०, बैशाख २०७८
  • 2.8K
    SHARES
  • नेपाल समूहको निष्कर्ष : ओली   २०७५  जेठ २ मा फर्किए सहमति हुन्छ, नभए सामूहिक राजीनामा

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटीका नेताहरुको बैठक सकिएको छ । भर्चुअल माध्यमबाट भएको बैठकले अध्यक्ष केपी शर्मा ओली आफ्नो शर्त मान्न तयार भए सहमति गर्न तयार हुने निर्णय गरेको एक नेताले बताए ।

    ‘हाम्रो माग सबै कमिटीहरु २ जेठ २०७५ को अवस्थामा फर्कनुपर्छ भन्ने हो । यसमा केपी ओली तयार हुन्छन् भने सहमति हुन्छ,’ ती नेताले भने । तर २ जेठ २०७५ को अवस्थामा एमाले पार्टी फर्कन्छ भन्ने इमान्दार सहमति गरिनुपर्नेमा नेताहरुले जोड दिएका छन् । आफ्नो पक्षको माग सम्बोधनका लागि दिउँसो ४ बजेसम्मको अल्टिमेटम दिएको नेता भीम रावलले जानकारी दिए।

    ‘हामीले ४ बजेसम्मको समय दिएका छौँ। त्यो समयभित्र माग सम्बोधन नभए हामी सामूहिक राजीनामा दिन्छौँ’ उनले भने। ‘तलदेखि माथिसम्मको कमिटीहरु पूर्ववत् अवस्थामा फर्कंदा पार्टी एकता जोगिन्छ,’ नेता रावलले भने । तर जालझेलका निम्ति ल्याएको एकताको प्रस्ताव ल्याइएको हो भने त्यो मान्ने नहुने रावल बताउँछन् ।

    बिहान बालुवाटारमा बसेको बैठकले नेता नेपालसहित चार नेतामाथिको कारबाही फिर्ता गर्ने निर्णय गरेको छ । कारबाही फिर्ता गर्दै अध्यक्ष केपी शर्मा ओलीले नेता नेपालसँग टेलिफोन संवाद गरी भेटवार्ताको प्रस्ताव गरेका थिए ।

    तर, सहमति जुट्न नसक्दा २७ वैशाखमा नेपाल समूहका सांसदहरुले ओलीलाई विश्वासको मत दिएका थिएनन् । ओलीले विश्वासको मत नपाएपछि आज राति नौ बजेसम्म संयुक्त सरकारका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुसँग आह्वान गरेकी छन् ।

    प्रकाशित मिति :बैशाख ३०, २०७८ बिहिवार - १३:३९:४१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको