• ट्रेण्डिङ:

ओलीसँगको भेटवार्तापछि माधव नेपालले भने : राजीनामा तत्काललाई टर्‍यो

ओलीसँगको भेटवार्तापछि माधव नेपालले भने : राजीनामा तत्काललाई टर्‍यो

रोदिक खबर

३०, बैशाख २०७८
  • 1.7K
    SHARES
  • ओलीसँगको भेटवार्तापछि माधव नेपालले भने : राजीनामा तत्काललाई टर्‍यो

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ। छलफलपछि बाहिरिँदै बरिष्ठ नेता नेपालले आफूहरुको राजीनामा तत्काललाई टरेको बताएका छन्।

    अध्यक्ष ओलीसँग झण्डै चार घण्टा छलफल गरेपछि ओलीसँगको भेटवार्तापछि नेपालले भने : राजीनामा तत्काललाई टर्‍यो राजीनामाको कुरा केही दिनलाई टरेको बताएका हुन् । बूढानीलकण्ठस्थित एक घरमा भएको वार्तामा दुई नेताबीच झण्डै चार घण्टा छलफल भएको थियो।

    नेता नेपालका अनुसार  ‘हामी दुईजना बीच कुराकानी हुँदा पार्टी भित्रकै विषयमा छलफल भए । छलफलमा फागुन २८ को निर्णय फिर्ता गर्ने र सर्वोच्चको फैसलाअनुसार जेठ २ गतेको अवस्थामा फर्कने बारेमा कुरा भएको छ । छलफल जारी छ’ नेता नेपालको भनाई छ । त्यसैले आज आफ्नो समूहका सांसदहरुले दिने भनेको राजीनामा पनि टरेको नेता नेपालले बताए ।

    प्रकाशित मिति :बैशाख ३०, २०७८ बिहिवार - १८:३७:२२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको