• ट्रेण्डिङ:

रावावेशीमा एकैदिन १५ जनालाई कोरोना संक्रमण पुष्टि 

रावावेशीमा एकैदिन १५ जनालाई कोरोना संक्रमण पुष्टि 

रोदिक खबर

४, जेठ २०७८
  • 4.6K
    SHARES
  • रावावेशीमा एकैदिन १५ जनालाई कोरोना संक्रमण पुष्टि 

    खोटाङ । खोटाङको रावावेशी गाउँपालिकामा एकै दिन १५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । रावावेशी गाउँपालिकामा संक्रमितसँगको कन्ट्याक्ट ट्रेसिङका आधारमा ३१ जनाको स्वाव संकलन गरेर पिसिआर परीक्षणमा पठाइएकोमा १५ जनालाई कोरोना संक्रमण पुष्टि भएको रावावेशी गाउँपालिकाका कम्प्युटर अपरेटर नरबहादुर श्रेष्ठले जानकारी दिए ।

    पिसिआर परीक्षणका लागि जेठ १ गते प्रदेश जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा नमूना पठाइएकोमा मंगलबार आएको रिपोर्टमा ४४, २२, ५०, ६०, ३५, ३९, ५७, १७, २०, ५० र ३० वर्षीय पुरुष तथा १७, २३, २३ र ३७ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको श्रेष्ठले बताए ।

    बैशाख २९ गते ६ जनाको एन्टीजेन परीक्षण गर्दा ५ जनामा संक्रमण देखिएपछि गाउँपालिकाले संक्रमितसँगको कन्ट्याक्ट ट्रेसिङका आधारमा उनीहरुको स्वाव संकलन गरेर पिसिआर लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा पठाएको थियो ।

    जिल्लाका स्थानीय सरकार र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) ले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै ‘बाँच्ने र बचाउने’ अभियानमा साथ दिन नागरिकलाई आग्रह गरिरहेको छ । 

     

    प्रकाशित मिति :जेठ ४, २०७८ मंगलवार - १४:३०:२४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको