• ट्रेण्डिङ:

प्रधानमन्त्री ओलीलाई कारबाहीकाे माग गर्दै कांग्रेसले दियाे निर्वाचन आयाेगमा उजुरी

प्रधानमन्त्री ओलीलाई कारबाहीकाे माग गर्दै कांग्रेसले दियाे निर्वाचन आयाेगमा उजुरी

रोदिक खबर

६, जेठ २०७८
  • 3.6K
    SHARES
  • प्रधानमन्त्री ओलीलाई कारबाहीकाे माग गर्दै कांग्रेसले दियाे निर्वाचन आयाेगमा उजुरी

    प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले निर्वाचन आचारसंहिता उल्लंघन गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाहीकाे माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता गराएको छ ।

    राष्ट्रिय सभा उप निर्वाचनको मौन अवधिमा पनि प्रचार गरेको भन्दै काँग्रेस संसदीय दल कार्यसमितिको बुधबारको बैठकको निर्णय अनुसार विहीबार विहान निर्वाचन आयोगमा काँग्रेसले उजुरी दर्ता गराएको हो ।

    काँग्रेस संसदीय दलको कार्यालयका अधिकृत विजयेन्द्र वीर आलेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'निर्वाचन आयोगले निर्वाचन आचार संहिता, २०७२ को दफा ५ घ (३) र (५) र दफा (६) विपरीत कार्य गर्ने जो कोहीलाई कारवाही गर्न यो बैठक जोडदार माग गर्दछ ।'

    प्रधानमन्त्री ओलीले बुधबार निर्वाचन आचारसंहिता विपरीत मौन अवधिमा राष्ट्रिय सभा उप निर्वाचनका एमाले उम्मेदवार रामबहादुर थापाका लागि मत मागेका थिए। यस्तै शिक्षामन्त्री श्रेष्ठले पनि बुधबार साँझ एमाले उम्मेदवार थापाको पक्षमा अपिल जारी गरेका थिए।

    nc Nirbachan.jpg

    प्रकाशित मिति :जेठ ६, २०७८ बिहिवार - १५:३३:३७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको