• ट्रेण्डिङ:

क्याप्टेन रिजालद्वारा स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री 

क्याप्टेन रिजालद्वारा स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री 

रोदिक खबर

१०, जेठ २०७८
  • 2.4K
    SHARES
  • क्याप्टेन रिजालद्वारा स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री 

    खोटाङ । हवाई क्याप्टेन सुवाश रिजालले स्वास्थ्य कार्यालय खोटाङलाई स्वास्थ्य सामग्री उपलव्ध गराएका छन् । खोटेहाङ गाउँपालिकाको सावाकटहरे मावली घर र बिराटनगर घर भएका क्याप्टेन रिजालले व्यक्तिगत खर्चमा सोमबार स्वास्थ्य कार्यालयलाई ५० हजार  १ सय बराबरको स्वास्थ्य सामग्री प्रदान गरेका हुन् ।

    क्याप्टेन रिजालले स्वास्थ्य कार्यालयलाई १० थान पल्स अक्सिमिटर, १५० ग्रामको १५० थान सेनीटाइजर, ५ सय ग्रामको २ थान सेनीटाइजर, १० थान थर्मोमिटर र थ्रि लेयरको २ हजार ५ सय थान सर्जिकल मास्क प्रदान गरेका हुन् ।

    कोभिड–१९ को महामारीका बेला स्वास्थ्य सामग्री अभावमा छटपटाइरहेका संक्रमितको सहयोगार्थ क्याप्टेन रिजालले नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति तीर्थराज भट्टराई र सावेन सचिवालय बबरमहल काठ्माण्डौंका शाखा अधिकृत उपेन्द्र पोखरेलमार्फत स्वास्थ्य कार्यालयका प्रतिनिधि कोल्चेन अधिकृत कृष्णबहादुर मल्ललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । 
    सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका क्याप्टेन रिजालले काठ्माण्डौं चुच्चेपानीस्थित आफ्नै निवासमा कांग्रेस क्षेत्र नम्बर २ का सभापति भट्टराई लगायतको उपस्थितिमा स्वास्थ्य कार्यालयका प्रतिनिधि मल्ललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । स्वास्थ्य सामग्रीको अभावमा छटपटाइरहेका संक्रमितको उपचारमा टेवा पुगोस् भन्ने उद्देश्यले क्याप्टेन रिजालले आफ्नो गाँस कटाएर स्वास्थ्य सामग्री प्रदान गरेको बताएका छन् ।

    क्याप्टेन रिजालले खोटेहाङ गाउँपालिकाका विभिन्न विद्यालयलाई शैक्षिक सामग्री उपलव्ध गराएर सहयोग गर्दै आएका छन् । स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री प्रदान गर्ने भएपछि स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलसँग समन्वय गरेको कांग्रेस क्षेत्र नम्बर २ का सभापति भट्टराईले बताए । 

    प्रकाशित मिति :जेठ १०, २०७८ सोमवार - २१:५२:४७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको