खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकालाई जि–फाउण्डेसन र अमेरिका नेपाल चिकित्सा प्रतिष्ठान नेपालले स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
जि–फाउण्डेसन र अमेरिका नेपाल चिकित्सा प्रतिष्ठानले गाउँपालिकालाई कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका क्रममा उपयोग हुने मास्क, फेस शिल्ड, पिपिई, अक्सिजन कन्सन्ट्रेटर लगायतका स्वास्थ्य सामग्री प्रदान गरेको हो ।
जि–फाउण्डेसनले गाउँपालिकालाई २ सय पिस एन्टीजेन किट, २० सेट रियूज पिपिई सेट, ५० प्याकेट सर्जिकल मास्क, सय पिस फेस शिल्ड, ३० प्याकेट इग्जामिनेसन ग्लोव्स, ५ लिटर सेनीटाइजर, ५ पिस पल्स अक्सिमिटर, २ पिस अक्सिजन कन्सन्ट्रेटर, ५ सेट निबुलाइजर मेसिन र ११ पिस निपल फर अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ ।
यस्तै, अमेरिका नेपाल चिकित्सा प्रतिष्ठान नेपालले एक थान अक्सिजन कन्सन्ट्रेटर र एन ९५ मास्क उपलव्ध गराएको गाउँपालिकाले जनाएको छ ।
जि–फाउण्डेसन र अमेरिका नेपाल चिकित्सा प्रतिष्ठानले हाल काठ्माण्डौं पुगेकी ऐसेलुखर्क गाउँपालिकाकी उपाध्यक्ष पुष्पकला भुजेललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
गाउँपालिकाका लागि थप स्वास्थ्य सामग्री जुटाउनका लागि जनसंख्या तथा स्वास्थ्य मन्त्रालय समक्ष पनि आग्रह गर्ने तयारी गरिएको उपाध्यक्ष भुजेलले बताईन् ।