काठमाडौं : सरकारले कोभिड-१९ को खोपका लागि २६ अर्ब ७५ करोड विनियोजन गरेको छ। सिंहदरबारबाट शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन्।
होम आइसोलेसनमा बस्नेलाई मनोसामाजिक परामर्श घुम्ती सेवाको व्यवस्था गरिने र निशुल्क खोप उपलब्ध गराइने। सरकारले संसद्का दुवै सदनमा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ। तर, संसद् विघटन भइसकेको अवस्थामा सरकारले अध्यादेशमार्फत आगामी आर्थिक वर्ष २०७८/७९ का लागि वार्षिक बजेट घोषणा गरेको हो।