• ट्रेण्डिङ:

सर्वोच्चको फैसलाको स्वागत गर्दै त्रिवेणीचौकमा दीप प्रज्वलन

सर्वोच्चको फैसलाको स्वागत गर्दै त्रिवेणीचौकमा दीप प्रज्वलन

रोदिक खबर

२९, आषाढ २०७८
  • 4.0K
    SHARES
  • सर्वोच्चको फैसलाको स्वागत गर्दै त्रिवेणीचौकमा दीप प्रज्वलन

     खोटाङ । नेपाली काँग्रेसले खोटाङले सर्वोच्च अदालतले गरेको फैसलाको स्वागत गरेको छ। कांग्रेसको भातृ संगठन नेपाल महिला संघको आयोजनामा सोमबार साँझ दिक्तेल बजारको त्रिवेणीचौकमा दीप प्रज्वलन गरेर फैसलाको स्वागत गरिएको हो।

    सर्वोच्चले लिक बाहिर धकेलिएको संविधानलाई ट्रयाकमा ल्याएको र स्वतन्त्र न्यायपालिकाको आस्था र विश्वासलाई थप अभिवृद्धि गराएको भन्दै स्वागतमा दीप प्रज्वलन गरिएको महिला संघकी अध्यक्ष रामकुमारी राईले जानकारी दिइन।

    दीप प्रज्वलनमा कांग्रेस सभापति नरेश कुमार श्रेष्ठ, पूर्व सभापति तथा महासमिति सदस्य विष्णुकुमार राईलगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको प्रतिनिधि सभा विघटन सर्वोच्चले पूनः स्थापना गरिदिएको छ।

    प्रकाशित मिति :आषाढ २९, २०७८ मंगलवार - ०७:५१:५१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको