• ट्रेण्डिङ:

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ५ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ५ पुग्यो

रोदिक खबर

१३, भाद्र २०७७
  • 2.5K
    SHARES
  • नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ५ पुग्यो

    काठमाडौं । गत २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ। यो समाचार तयार पार्दासम्म वीरगञ्जमा १ पुरुषसहित २ महिला, धरानमा १ पुरुष, ललितपुरमा २ महिला, चितवनमा १ महिला, कास्कीमा १ पुरुष, गोरखामा १ पुरुष र पाल्पामा १ महिलाको मृत्यु भएको हो।

    शुक्रबारसम्मको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार मुलुकभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय ९५ पुगेको छ।

    विभिन्न अस्पतालबाट प्राप्त तथ्यांकअनुसार थप १० संक्रमितको मृत्यु भएको छ। यो सँगै मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ५ पुगेको छ।  

    प्रकाशित मिति :भाद्र १३, २०७७ शनिवार - १५:३६:१५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको