कांग्रेस नेता पन्नाकाजी रहेनन्

कांग्रेस नेता पन्नाकाजी रहेनन्

रोदिक खबर

१३, भाद्र २०७७
  • 2.5K
    SHARES
  • कांग्रेस नेता पन्नाकाजी रहेनन्

    काठमाडौं । नेपाली कांग्रेसका पुराना नेता पन्नाकाजी महर्जनको निधन भएको छ । कांग्रेसका संस्थापक नेताहरुको समेत सहयोगी भएर काम गरेका कांग्रेसका सच्चा कार्यकर्ता पन्नाकाजीको शनिबार बिहान निधन भएको हो । 

    उनी लामो समयदेखि मृगौला रोगबाट ग्रसित थिए । कोरोना भाइरसको महामारीका कारण उनको मृगौला प्रत्यारोपणको काम पनि रोकिएको थियो । उनको उपचारका लागि आर्थिक स्रोतसमेत जुटाउन समस्या भएको थियो । 

    कांग्रेस नेता प्रगतिमान रंजितले नेता महर्जनको निधनको पुष्टि गर्दै एक सच्चा कांग्रेस कार्यकर्ता गुमाउन पुगेकामा दुःख व्यक्त गरेका छन् । 

     

    प्रकाशित मिति :भाद्र १३, २०७७ शनिवार - १५:५५:४७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको