खोटाङ । खोटाङमा विभिन्न पार्टीका दर्जन बढी नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका - ७ दोर्पाचिउरीडाँडामा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपालका दर्जन बढी नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन्।
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षको उम्मेद्वार बनेका हरि प्रसाद चौलागाँई, माओवादीकै वडा सदस्यका उमेद्वार कृष्ण थापा, एमालेका संगठित सदस्य दुर्गा खनाल लगायतका नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश प्रवेश गरेको कांग्रेसका प्रचार विभाग प्रमुख सुमन आचार्यले जानकारी दिए।
नेकपा एमाले, माओवादी केन्द्र र जसपाभित्र आन्तरिक कलह र कुर्सी मोहले आफूहरु वाक्क भएको भन्दै कांग्रेसमा प्रवेश गरेको उनीहरुले बताएका छन्। देशको पुरानो पार्टी लोकतन्त्र र जनताको सुखदु:खमा साथ दिने पार्टी कांग्रेसमात्र भएको उनीहरुको भनाई छ।

नेपाली कांग्रेस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पाचिउरीडाँडा वडा कार्य समितिले आयोजना गरेको आसन्न सातौ जिल्ला अधिवेशनलाई भव्य रुपमा सफल पार्ने कामनासहित पार्टी प्रवेश कार्यक्रममा कांग्रेसकी संविधान सभा सदस्य तथा महासमिति सदस्य सरस्वती बजिमय, महासमिति सदस्यद्धय रविप्रकास राई, सहरमान राई, जिल्ला सदस्यहरु सुमन आचार्य, प्रकाश श्रेष्ठ, दिनेश घिमिरे, कान्ता केसी, क्षेत्रीय सभापति तीर्थराज भट्टराई, आमन्त्रित जिल्ला सदस्यद्धय निशान राई, ध्यान बहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर सभापति दुर्गा घिमिरे, नेपाली कांग्रेस काठमाडौं खोटाङ सम्पर्क समितिका अध्यक्ष काशीनाथ आचार्य, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका - ७ दोर्पाचिउरीडाँडाका वडाध्यक्ष महन्त राई, नेपाल तरुण दलका जिल्ला उपाध्यक्ष संजयकुमार राई, नेपाल विद्यार्थी संघका सहसचिव मोतीचन्द्र राई, किशन भुजेल, सुमन आचार्य, नेविसंघका जिल्ला सदस्य प्रतिक आचार्य लगायतकोे उपस्थिति रहेको थियो। कार्यक्रम कांग्रेसका वडा सभापति समित राईको सभापतित्वमा भएको कांग्रेसले जनाएको छ ।