• ट्रेण्डिङ:

नेपाललाई छाडेका एमाले नेताहरुले १० बुँदे सहमति कार्यान्वयनका लागि ओलीलाई दुई दिने अल्टिमेटम

नेपाललाई छाडेका एमाले नेताहरुले १० बुँदे सहमति कार्यान्वयनका लागि ओलीलाई दुई दिने अल्टिमेटम

रोदिक खबर

४, भाद्र २०७८
  • 5.4K
    SHARES
  • नेपाललाई छाडेका एमाले नेताहरुले १० बुँदे सहमति कार्यान्वयनका लागि ओलीलाई दुई दिने अल्टिमेटम

    काठमाडौं । माधवकुमार नेपालसँग रहेका तर, उनको नयाँ पार्टीमा नगएका नेकपा एमालेका नेताहरुले १० बुँदे सहमति कार्यान्वयनका लागि अध्यक्ष केपी शर्मा ओलीलाई दुई दिने अल्टिमेटम दिएका छन् । नभए विद्रोह गर्ने र यो माधव नेपालले नयाँ पार्टी बनाउँदा भन्दा ठूलो क्षति हुने उनीहरुको दाबी छ ।

    अध्यक्ष ओली र नेता नेपाललाई दबाब लिँदै संयुक्त वक्तव्य जारी गरेका स्थायी कमिटीका ९ सदस्यले शुक्रबार केन्द्रीय सदस्य र सांसदहरुसँग छलफल गरेका थिए । एक नेताका अनुसार छलफलमा ५७ जना सहभागी भएका थिए । बैठकले दुई दिनभित्र १० बुँदे अक्षरशः कार्यान्वयन गर्न पार्टी अध्यक्ष ओलीलाई आग्रह गरेको छ ।

    ‘१० बुँदेसँगै सहायक डकुमेन्टका रुपमा माइन्युट गरिएको छ, त्यसअनुसार तत्काल २ जेठ २०७५ को स्थायी कमिटी बोलाउनुपर्छ,’ एक नेता भन्छन्, ‘स्थायी कमिटीले १० बुँदे अनुमोदन गरेपछि माओवादी केन्द्रबाट आएका र १० प्रतिशत केन्द्रीय सदस्यहरु थप गरेर अर्को बैठक बोलाइयोस् ।’

    तल्लो तहका कमिटीहरु र जनवर्गीय संगठनहरु २ जेठ २०७५ मा फर्किंदा हुने समस्या हल गर्न निश्चित समय दिएर कार्यदल गठन गर्नुपर्ने, १० बुँदे अक्षरशः कार्यान्वयनसँगै १४ सांसदमाथि गरिएको कारबाही फिर्ता लिन अध्यक्ष ओलीलाई र नयाँ पार्टी दर्ता प्रक्रिया अघि नबढाउन नेता माधवकुमार नेपाललाई आग्रह गरेका छन् ।

    प्रकाशित मिति :भाद्र ४, २०७८ शुक्रवार - २१:५६:५८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको