• ट्रेण्डिङ:

एकैदिन १२२१ जनामा कोरोना संक्रमण पुष्टि, कहाँ कति थपिए संक्रमित ?

एकैदिन १२२१ जनामा कोरोना संक्रमण पुष्टि, कहाँ कति थपिए संक्रमित ?

रोदिक खबर

१४, भाद्र २०७७
  • 2.3K
    SHARES
  • एकैदिन १२२१ जनामा कोरोना संक्रमण पुष्टि, कहाँ कति थपिए संक्रमित ?

    पछिल्लो २४ घण्टामा १२२१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ७१७ नमुना परीक्षण गर्दा ३४८ महिला र ८७३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

    यससँगै कुल संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ । उनीहरुमध्ये २२१ जनाको मृत्यु भएको छ भने २० हजार ८२२ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २६७ जना डिस्चार्ज भएका छन् ।

    कहाँ कति थपिए संक्रमित ?

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र ४२९ संक्रमित भेटिएका छन् । उनीहरुमध्ये काठमाडौंका ३७२, भक्तपुरका ४५ र ललितपुरका १२ जना छन् ।

    यस्तै चितवनका ९० जना, बाराका ८२, धनुषाका ७५, रुपन्देहीका ६१, मोरङका ४९, बझाङका ४७, पर्साका ४६, महोत्तरीका ३७, सर्लाहीका ३४, सुनसरीका ३३, सिराहाका २६, काभ्रे र कपिलवस्तुका २५/२५ जना, नवलपरासीका २१, बाँकेका १४, झापा र डोटीका ११/११ जना छन् ।

    मकवानपुरका ९ जना, पाल्पा र अछामका ८/८ जना, सप्तरी, गुल्मी, बर्दिया र कैलालीका ६/६ जना, सिन्धुली, कास्की, गोरखा, प्युठान र दाङका ५/५ जना, ओखलढुंगा र तनहुँका ४/४ जना, धादिङ, बाग्लुङ र अर्घाखाँचीका ३/३ जना, संखुवासभा, सिन्धुपाल्चोक, नवलपुर र दार्चुलाका २/२ जना तथा इलाम, पाँचथर, रामेछाप र कञ्चनपुरका १/१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र १४, २०७७ आइतवार - १८:३७:१२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको