• ट्रेण्डिङ:

कांग्रेसका नेता पर्शुराम राईको निधन

कांग्रेसका नेता पर्शुराम राईको निधन

रोदिक खबर

७, भाद्र २०७८
  • 8.5K
    SHARES
  • कांग्रेसका नेता पर्शुराम राईको निधन

    खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ निवासी कांग्रेसका पुराना नेता पर्शुराम राईको निधन भएको छ ।

    दुई वर्षदेखि टाउकाकोमा आएको समस्याबाट पीडित राईको ८८ वर्षको उमेरमा आइबार बिहान धितुङस्थित निवासमै निधन भएको हो । बिक्रम संवत १९९० सालमा जन्मिएका राई बुलापन्थे माबि धितुङका संस्थापक अध्यक्ष हुन् ।

    उनी २०५४ सालको स्थानीय निकायको निर्वाचनमा साविकको धितुङ–२ बाट कांग्रेसकातर्फबाट वडाध्यक्षका उम्मेद्वार थिए । स्वर्गीय पर्शुराम नेपाली कांग्रेसका युवा नेता एवं सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल प्रदेश नम्बर १ का अध्यक्ष पेशल राईका पिता हुन् । राईको आइतबार नै दासंस्कार गरिएको छ ।

    प्रकाशित मिति :भाद्र ७, २०७८ सोमवार - ०८:५६:१३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको