• ट्रेण्डिङ:

कांग्रेसमा क्रियाशील सदस्यताको विवाद सहमतिमै टुंगियो, देउवा र पाैडेलले प्रतिवेदन बुझे

कांग्रेसमा क्रियाशील सदस्यताको विवाद सहमतिमै टुंगियो, देउवा र पाैडेलले प्रतिवेदन बुझे

रोदिक खबर

७, भाद्र २०७८
  • 3.0K
    SHARES
  • कांग्रेसमा क्रियाशील सदस्यताको विवाद सहमतिमै टुंगियो, देउवा र पाैडेलले प्रतिवेदन बुझे

     काठमाडौं । लामो समयदेखि जारी नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवाद टुंगिएको छ। क्रियाशील सदस्यता छानबिन समितिले टुंग्याउन बाँकी विवादबारे पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार बुझेका छन्।

    देउवा निवास बूढानीलकण्ठमा पूर्व महामन्त्री सिटौला तथा केन्द्रीय सदस्यद्वय डा.मिनेन्द्र रिजाल र रमेश लेखकले प्रतिवेदन हस्तान्तरण गरेका हुन्। प्रतिवेदन बुझ्दै सभापति देउवाले अब सहमतिमा तलमाथि नगरी महाधिवेशन प्रक्रिया अगाडि बढाउने बताए। उनले महाधिवेशन सम्पन्न गर्न सबैको सहयोग अपेक्षा गरेको बताए।

    छानबिन समितिले केही ठाउँमा बाहेकको क्रियाशील सदस्यता टुङ्ग्याएर साउन १२ गते प्रतिवेदन बुझाएको थियो। तर छानबिन समितिले बारा र सप्तरी, धनुषा–४ सर्लाही–२ लगायतको नयाँ क्रियाशील सदस्यता र अन्तर पार्टी समायोजनमा चर्को विवाद टुंग्याउने जिम्मा नेतृत्व तहमा पठाएको थियो। उक्त विवाद टुङ्ग्याउन सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला सम्मिलित उच्चस्तरीय समिति बनाइएको थियो।

    उच्चस्तरीय समितिमा सहमहामन्त्री प्रकाशशरण महत, नेता मिनेन्द्र रिजाल र रमेश लेखकलाई सहयोगीका रूपमा राखिएका थियो। उक्त उच्चस्तरीय समितिलाई क्रियाशील छानबिन समितिले बुझाएको प्रतिवेदन र विवादित विषयलाई ५ दिनमा टुङ्ग्याउन म्यान्डेट थियो। तर उक्त समितिले सहमति जुटाउन सकेन।

    त्यसपछि देउवा र पौडेल र महत बाहेकका नेताहरूलाई क्रियाशील सदस्यता टुङ्ग्याउने जिम्मेवारी दिइएको छ। साउन ३१ बाट छलफलमा जुटेका सिटौला, रिजाल र लेखकले क्रियाशील सदस्यता विवादमा सहमति जुटाएका हुन्।

    कांग्रेसको १४ औँ महाधिवेशनको नयाँ कार्यतालिकाअनुसार भदौ १८ गते वडा अधिवेशन, २७ गते गाउँ/नगर पालिका, असोज १ गते प्रदेश क्षेत्र क,ख तथा असोज ५ गते संघीय निर्वाचन क्षेत्र, १० गते जिल्ला, कार्तिक १०–१२ प्रदेश र मंसिर ९–१३ केन्द्रीय महाधिवेशन गर्ने उल्लेख छ।

    प्रकाशित मिति :भाद्र ७, २०७८ सोमवार - २१:४४:१२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको