• ट्रेण्डिङ:

एकैदिन कोरोनाको कारण १४ जनाको मृत्यु, मृतक संख्या २ सय २१ पुग्यो

एकैदिन कोरोनाको कारण १४ जनाको मृत्यु, मृतक संख्या २ सय २१ पुग्यो

रोदिक खबर

१४, भाद्र २०७७
  • 1.8K
    SHARES
  • एकैदिन कोरोनाको कारण १४ जनाको मृत्यु, मृतक संख्या २ सय २१ पुग्यो

    काठमाडौं । नेपालमा कोरोनाको कारण थप १४ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या २ सय २१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । मृत्यु हुनेमध्ये १० जना पुरुष र ४ जना महिला रहेका छन् ।

    मृत्यु हुने महिलाहरुमा सुनसरीकी ७४ वर्षीय, बाराकी ४७ वर्षीया, महोत्तरीकी ६२ वर्षीया र काठमाडौंकी ७२ वर्षीया गरी ४ जना महिलाहरु रहेका छन् ।

    त्यस्तै मृत्यु हुने पुरुषहरुमा सुनसरीको ६० वर्षीय, मोरङको ६२ वर्षीय, महोत्तरीको ७० र ३५ वर्षीय गरी २ जना रहेका छन् । त्यस्तै रौतहटको ३० वर्षीय, ललितपुरको २९ वर्षीय, भक्तपुरको ६५ वर्षीय, नवलपरासीको ६२ र रुपन्देहीको ५७ र ६७ वर्षीय पुरुषको कोरोनाको कारण निधन भएको प्रवक्ता डा गौतमले जानकारी दिए ।

    हाल नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या बढिरहेको छ । शनिवार मात्र नेपालमा कोरोनाको कारण १२ जनाको मृत्यु भएको थियो ।

    प्रकाशित मिति :भाद्र १४, २०७७ आइतवार - १८:४४:३९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको