• ट्रेण्डिङ:

नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा भीम आचार्य चयन, आजै मुख्यमन्त्रीको सपथग्रहण

नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा भीम आचार्य चयन, आजै मुख्यमन्त्रीको सपथग्रहण

रोदिक खबर

१०, भाद्र २०७८
  • 3.0K
    SHARES
  • नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा भीम आचार्य चयन, आजै  मुख्यमन्त्रीको सपथग्रहण

    विराटनगर । नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् । बिहीबार विराटनगरको होटल एसियाटिकमा बसेको संसदीय दलको बैठकबाट आचार्य दलको नेता चयन भएका हुन् ।

    मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईको प्रस्तावमा आचार्य दलको नेतामा चयन भएको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

    आचार्यलाई आजै मुख्यमन्त्रीको रुपमा सपथग्रहण गराउने तयारी छ । प्रदेश प्रमुखको कार्यालयले बिहीबार दिउँसो मुख्यमन्त्रीको सपथग्रहण गराउने तयारी गरेको छ । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले आज दिउँसो सपथग्रहण गर्ने अनौपचारिक जानकारी आएको पुष्टि गरे ।

    प्रकाशित मिति :भाद्र १०, २०७८ बिहिवार - ११:५५:२९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको