शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

एक-दुई पात खस्दैमा रुख ढल्दैन : ओली

एक-दुई पात खस्दैमा रुख ढल्दैन : ओली

रोदिक खबर

१२, भाद्र २०७८
  • 3.2K
    SHARES
  • एक-दुई पात खस्दैमा रुख ढल्दैन : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित केही नेताले अर्को पार्टी गठन गर्दैमा केही फरक नपर्ने बताएका छन् ।

    ललितपुरको महालक्ष्मी नगरपालिकामा शनिबार युथफोर्सले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘एक–दुई पात खस्दैमा पिर मानेर रुख ढल्दैन । एकदुइटा पात पहेँलिएर झर्छन्, अर्को टुसो आउँछ । अहिले हेर्नुस् त कमिटीहरुको टुसा पलाएको । नयाँ नयाँ पालुवा पलाउँदैछन्, नयाँ नयाँ हाँगा हाल्दैछन् ।’

    एमाले फुटेको नभई केही बिग्रिएका मान्छेले पार्टी छाडेको भन्दै ओलीले अघि भने, ‘केही मान्छे पतीत भएका हुन्, बिग्रिएका हुन् । बिग्रिएका मान्छेले पार्टी छोडेका हुन् ।’ आफूहरुले सम्झाउन खोजे पनि पार नलागेको ओलीले बताए ।

    मैले २० औं पल्ट फोन गरेँ, आठ पल्ट जहाँजहाँ भन्यो, त्यही गएर भेटेँ, सम्झाएँ’ उनले भने, ‘मैले सम्झाउँदा दुनियाँ सम्झिन्छ, एक दुई जना मान्छे पानी समातेर कसम खान्छ, तिम्रो कुरा सुन्दिनँ, तिमीले सम्झाएको बुझ्दिनँ । धरोधर्म मान्दिन भन्छ ।’

    प्रकाशित मिति :भाद्र १२, २०७८ शनिवार - १८:०२:४० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको