• ट्रेण्डिङ:

खोटाङमा जिसस प्रमुख सहित आठ जनप्रतिनिधि नेकपा (एकीकृत समाजवादी) मा 

खोटाङमा जिसस प्रमुख सहित आठ जनप्रतिनिधि नेकपा (एकीकृत समाजवादी) मा 

रोदिक खबर

२०, भाद्र २०७८
  • 13.3K
    SHARES
  • खोटाङमा जिसस प्रमुख सहित आठ जनप्रतिनिधि नेकपा (एकीकृत समाजवादी) मा 

    खोटाङ । खोटाङमा जिल्ला समन्वय समितिका प्रमुख सहित आठ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख ववि चाम्लिङ, जिल्ला समन्वय समितिका सदस्य उदयबहादुर कार्की, जिल्ला समन्वय समितिका सदस्य रञ्जना राई लगायतले आइतबार जिल्ला निर्वाचनको कार्यालयमा पुगेर नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेका हुन् ।

    यस्तै, बराहपोखरी गाउँपालिका–४ फाक्टाङका वडाध्यक्ष भुवलराज राई, बराहपोखरी गाउँपालिका–५ पौवासेराका वडा सदस्य हरिबहादुर मगर, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ वडा सदस्य अनुप चाम्लिङ राई, जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङका वडा सदस्य प्रकाश राई र महिला सदस्य रञ्जना राईले एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) रोजेका हुन् । 

    240950112_290812536186996_5167808517326026540_n.jpg
    एमालेबाट अलग्गिएका माधव नेपालले नेकपा (एकीकृत समाजवादी) दल दर्ता गरेसँगै निर्वाचन आयोगले दल रोज्नका लागि भदौ २२ गतेसम्मको समय सिमा दिएपछि जिल्लाका जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेका हुन् । नयाँ दल रोज्ने अन्य जनप्रतिनिधिले पनि क्रमशः सनाखत गर्ने नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष रहेका चाम्लिङले बताए । खोटाङका प्रदेशसभा सदस्य राजन राईले यसअघि नै नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरिसकेका छन् । 
    २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेले जिल्लाका १० स्थानीय तहमध्ये पाँच स्थानीय तहमा प्रमुख र उपप्रमुख तथा एक स्थानीय तहमा उपप्रमुख जितेको थियो । तर, स्थानीय तहका प्रमुख तथा उपप्रमुख एमालेमै रहेका छन् । अधिकांश वडाध्यक्ष र वडा सदस्य पनि एमालेमै रहने देखिएको छ ।

    एमालेको २०७२ सालमा सम्पन्न अधिबेसनमा निर्वाचित ५९ सदस्यमध्ये अध्यक्ष चाम्लिङ सहित २३ सदस्य आफ्नो पार्टीमा लागेको नेकपा (एकीकृत समाजवादी) का जिल्ला सचिव जलसेर राईले बताए । 

    प्रकाशित मिति :भाद्र २०, २०७८ आइतवार - २१:४९:३६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको