खोटाङ । नेकपा माओवादी केन्द्र खोटाङले नेकपा माओवादी केन्द्रले एमसिसि सम्झौता खारेजीका लागि केन्द्रिय कमिटि र नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । ‘एमसिसि सम्झौता राष्ट्रको हितमा नभएको हाम्रो जिल्ला कमिटिको ठहर हो,’ संयोजक किरातीले भने, ‘यसलाई पूर्ण रुपमा खारेजीको लागि केन्द्रिय कमिटि र नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेका छौँ ।’
बैठकले नेकपा माओवादी केन्द्रले संविधानको मर्म र भाव अनुसार जिल्ला कमिटिलाई विघटन गर्दै जिल्ला समन्वय समिति बनाउने, पालिका कमिटिलाई कार्यकारी बनाउने, नेपाल सरकारले केही समयअघि जारी गरेको नेपालको चुच्चे नक्सा कार्यान्वयनको माग गर्ने निर्णय गरेको हो ।
बैठकको निर्णय सार्वजनिक गर्न शुक्रबार दिक्तेलस्थित पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक देवान किराती पृथ्वीले सदनले पास गरेको नेपालको चुच्चे नक्सा पाठ्यपुस्तक, सरकारी कागजात लगायतमा कार्यान्वयन गर्न आलटाल गरिएकाले यथाशिघ्र कार्यान्वयनको माग गर्ने निर्णय गरिएको जानकारी दिए ।
आगामी दिनमा नगर तथा पालिका कमिटि कार्यकारी हुने तर जिल्ला कमिटि भने समन्वय समितिको भूमीकामा रहने जानकारी दिइएको छ । संघीयता र स्थानीय तहको आवश्यकतामाथि प्रतिगमनकारीबाट प्रश्न उठाउन ठालिएकाले पार्टी संरचनालाई समेत पुःर्नसंरचना गर्ने निर्णय गरिएको संयोजक किरातीले बताए ।
माओवादी केन्द्रले स्थानीय तह स्तरिय कमिटिलाई सशक्त बनाउनका लागि जिल्लाका नेतृत्व तहमा रहेका नेताले आ–आफ्नो पालिकामा जिम्मेवारी लिएर फर्कने निर्णय गरेको छ ।
यस्तै, नेकपा माओवादी केन्द्रले खोटाङका १० वटै स्थानीय तहमा ईन्चार्ज, सह–ईन्चार्ज, अध्यक्ष र सचिव तोकेको छ । भदौ २२ र २३ गते सम्पन्न माओवादी केन्द्रको जिल्ला कमिटिको विस्तारित बैठकले जिल्लाका सवै तहमा ईन्चार्ज, सह–ईन्चार्ज, अध्यक्ष र सचिवको टुंगो लगाएको हो ।
माओवादी केन्द्रले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ईन्चार्जमा सुरेश राई, सह–ईन्चार्जमा विनोद आचार्य, जयप्रकाश राई, सन्तोष राई, माधब राई, विकास राई र बलराम राईलाई चयन गरेको छ ।
यस्तै, नगर कमिटि अध्यक्षमा बिसन राई र सचिबमा युगसन किरात चयन भएका छन् । यस्तै, हलेसी तुवाचुङ नगरपालिकाको ईन्चार्जमा जिवन राई (संगीन), सह–ईन्चार्जमा हस्तबहादुर राई ९आमोद० र चइन्द्र राई ९आक्रोश०, अध्यक्षमा राजुबिक्रम चाम्लिङ र सचिवमा कुमार बुढाथोकी चयन भएका छन् ।
ऐसेलुखर्क गाउँपालिकामा श्रीबहादुर राईलाई ईन्चार्ज, सृमबहादुर राईलाई सह–ईन्चार्ज, अगमसिं राईलाई अध्यक्ष र रमेश राजभण्डारीलाई सचिवको जिम्मेवारी दिइएको छ । रावाबेँसी गाउँपालिकामा भूमी अधिकारीले ईन्चार्ज, लिला श्रेष्ठ (सविन) र रामबहादुर राईले सह–ईचार्ज, राजन मगरले अध्यक्ष र सिता कट्वालले सचिवको जिम्मेवारी पाएका छन् ।
यस्तै, केपिलासगढी गाउँपालिकाको इन्चार्जमा रस्मी रसाइली, सह–ईन्चार्जमा रुद्र राई, अध्यक्षमा साङ्गे शेर्पा र सचिवमा विष्णु राई जिज्ञासा चुनिएका छन् ।
दिप्रुङ चुईचुम्मा गाउँपालिकामा दिपक पाण्डे आकाशले ईन्चार्ज, कल्पना चाम्लिङ, अजम्बर राई, लक्ष्मीकुमार राई र मेरु राईले सह–इन्चार्ज, राजेन्द्र राईले अध्यक्ष र दिपक पौडेलले सचिवको जिम्मेवारी पाएका छन् ।
खोटेहाङ गाउँपालिकामा उदिम राई ९मुक्ति० ईन्चार्ज, इन्द्र नाराथुङ्गे सह–ईन्चार्ज, दिपेन थुलुङ अध्यक्ष र धनबहादुर महाराजी सचिब बनाइएका छन् । बराहपोखरी गाउँपालिकामा निसाना राई ईन्चार्ज, दुर्गाबहादुर राई सह–ईन्चार्ज, युवराज मगर अध्यक्ष र ताराकान्त राई सचिव बनेका छन् ।
जन्तेढुङ्गा गाउँपालिकामा अरुणा राईले ईन्चार्ज, बिरवल किराती र केदार राईले सह–ईन्चार्ज, बद्री राईले अध्यक्ष र बिकास भट्टराईले सचिवको जिम्मेवारी पाएका छन् । यस्तै, साकेला गाउँपालिका ईन्चार्जमा अर्जुनकुमार खड्का झंकार, सह–ईन्चार्जमा बिर्सिका राई, अध्यक्षमा नविन राई र सचिवमा मोहन खत्री चयन भएको माओवादी केन्द्रले जनाएको छ ।
माओवादी केन्द्रले अन्य पार्टीमा प्रवेश गरेका पाँच जना पार्टी सदस्यको सदस्यता खारेज गर्ने निर्णय गरेको जानकारी दिएको छ ।
माओवादी केन्द्रका सचिवालय सदस्य इन्द्र दंगाल, पुर्व जिल्ला कमिटि सदस्य कमल आलेमगर, खोटेहाङ गाउँपालिका कमिटि अध्यक्ष राजन ढकाल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका वडा सदस्य चित्रकुमार राई र दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीका वडा सदस्य छत्र खड्काको सदस्यता खारेज गर्ने निर्णय गरिएको संयोजक किरातीले जानकारी दिए ।
बैठकले केन्द्रिय कमिटिको निर्णय अनुसार भदौ मसान्तसम्ममा सदस्यता नविकरण गरिसक्ने र केन्द्रले तोकेकै समयमा भेला तथा सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको प्रेस विज्ञाप्तीमा उल्लेख छ ।