प्रजातान्त्रिक विचार समाज खोटाङको अध्यक्षमा खत्री

प्रजातान्त्रिक विचार समाज खोटाङको अध्यक्षमा खत्री

रोदिक खबर

१५, भाद्र २०७७
  • 6.6K
    SHARES
  • प्रजातान्त्रिक विचार समाज खोटाङको अध्यक्षमा खत्री

    खोटाङ । प्रजातान्त्रिक विचार समाज खोटाङको अध्यक्षमा लिलाबहादुर खत्री चयन भएका छन् । दिक्तेल वहुमुखी क्याम्पसका सहायक प्राध्यापक खत्रीको अध्यक्षमा ९ सदस्यीय प्रजातान्त्रिक विचार समाज खोटाङको गठन भएको हो ।

    प्रजातान्त्रिक विचारधारा बोक्ने बौद्धिक व्यक्तित्वहरुको संस्थाको रुपमा रहेको समाजको उपाध्यक्षमा तेजकुमार राई, सचिवमा पार्जुन राई, सहसचिवमा दिलीप खत्री र कोषाध्यक्षमा वसन्तकुमार पोखरेल सर्वसम्मत चयन भएका हुन् ।

    यस्तै, सदस्यहरुमा नारायणदाश राई, दिनबिनोद दाहाल, कृष्णश्री राई, इरन राई र नारायण खड्का रहेका छन् ।
    समाजले प्रजातान्त्रिक विचारबाट बाहिर गइरहेका नेताहरुलाई खबरदारी गर्ने र सही मार्गनिर्देशन गर्ने भूमिका खेल्दै आएको छ । 

    प्रकाशित मिति :भाद्र १५, २०७७ सोमवार - २२:०१:०१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको