• ट्रेण्डिङ:

१० बुँदे कार्यान्वयन नभएको भन्दै भीम रावलले दिए कार्यदलबाट राजीनामा

१० बुँदे कार्यान्वयन नभएको भन्दै भीम रावलले दिए कार्यदलबाट राजीनामा

रोदिक खबर

५, कार्तिक २०७८
  • 3.6K
    SHARES
  • १० बुँदे कार्यान्वयन नभएको भन्दै भीम रावलले दिए कार्यदलबाट राजीनामा

    काठमाडौं । नेकपा एमालेमा १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलबाट उपाध्यक्ष भीम रावलले राजीनामा दिएका छन् । उनले शुक्रबार स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै राजीनामा दिएका हुन् ।

    पार्टी अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्यान्वयन नगर्ने दिशामा अघि बढेको रावलले बताए । ‘कार्यदलमा भएको छलफल र पार्टीले गरेको निर्णयसमेत मान्य नहुने भएपछि त्यो कार्यदलमा बसिरहनुभएको कुनै औचित्य नहुने भएकाले राजीनामा दिएको हुँ’ स्थायी कमिटी बैठकपछि उपाध्यक्ष रावलले भने । उनले राजीनामाको लिखित रुपमा पार्टी अध्यक्षलाई पठाउने पनि बताए ।

    स्थायी कमिटी बैठकमा रावलले १० बुँदे सहमतिका विषयमा फरक मत पनि राखेका छन् । उनले स्थायी कमिटीले दुई जना नेतालाई केन्द्रीय कमिटी सदस्य मनोनित गरेकामा पनि असहमति जनाएका छन् ।

    प्रकाशित मिति :कार्तिक ५, २०७८ शुक्रवार - २१:४०:२० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको