बिहिवार, कार्तिक १३ गते २०८३

‘एमालेले विकास निर्माणलाई कार्यकर्ता तान्ने हतियार बनायो’

‘एमालेले विकास निर्माणलाई कार्यकर्ता तान्ने हतियार बनायो’

रोदिक खबर

७, कार्तिक २०७८
  • 2.7K
    SHARES
  • ‘एमालेले विकास निर्माणलाई कार्यकर्ता तान्ने हतियार बनायो’

    खोटाङ । खोटाङका सत्ता गठबन्धनमा आवद्ध तथा प्रतिगमन विरुद्धमा उभिएका राजनैतिक दलले जिल्लामा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले विकास निर्माण तथा राहत वितरणमा राजनीति गरेको आरोप लगाएको छ ।

    एमालेबाट निर्वाचित जनप्रतिनिधिले विकास निर्माण र राहत वितरणको सवाललाई अन्य पार्टीका कार्यकर्ता तथा समर्थकलाई प्रलोभनमा पारी आफ्नो पार्टीमा तान्ने हतियार बनाएको सत्ता गठबन्धनमा आवद्ध तथा प्रतिगमन विरुद्धमा उभिएका राजनैतिक दलको दावी छ ।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, नेकपा (एकीकृत समाजवादी) र नेकपा मालेले ७ कात्तिकमा संयुक्त विज्ञाप्ती जारी गर्दै पछिल्लो वर्षाले निम्त्याएको विपतको बेला मानवीय सहयोग गर्नुपर्नेमा राजनितिकरण गर्दै पार्टीमा तान्ने र प्रलोभन देखाउने गतिविधिहरु देखाइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    स्थानीय तहमा विकास निर्माणका सन्दर्भमा विधि र नीतिलाई पछ्याउँदै जनप्रतिनिधिले साझा भूमीका निर्वाह गर्नुपर्नेमा स्थानीय सत्ताको दुरुपयोग गर्दै अन्य पार्टीका कार्यकर्ता र समर्थकलाई “विकास योजना दिन्छु” भन्दै प्रलोभनमा पारी अराजनैतिक काम गरिएको संयुक्त विज्ञाप्तीमा भनिएको छ । “यो नेकपा एमालेको प्रतिगमनकारी चरित्रको निरन्तरता हो भन्ने हाम्रो ठहर छ । यस्ता गतिविधिहरु तत्काल रोक्न अपिल गर्दछौँ ।

    यदि यस्ता गतिविधिहरु तत्काल नरोकिए प्रतिवाद गर्न वाध्य हुने छौँ,” संयुक्त विज्ञाप्तीमा भनिएको छ, “राहत प्रदान गर्नेक्रममा राजनितीकरण नगर्न स्थानीय तहका जनप्रतिनिधिलाई अपिल गर्दछौँ ।” पछिल्लो एक हप्ता लामो समय परेको वर्षातले खोटाङ लगायत देशभरी मानवीय क्षतिका साथै कृषि वालीमा ठूलो धनको क्षति भएको उल्लेख गर्दै सत्ता गठबन्धनमा आवद्ध तथा प्रतिगमन विरुद्धमा उभिएका राजनैतिक दलले पीडितलार्ई राहत प्रदान गर्न प्रदेश तथा संघीय सरकारसँग माग गरेको छ ।

    उसले “लोकतन्त्रमा विकास सबैको हक हो, यो कसैको दयामायाँको विषय होईन” भन्ने कुरा बुझ्न र विपदमा परेका जनताको निस्वार्थ उद्धार र सहयोग गर्न कार्यकर्तालाई अपिल गरेको छ । विज्ञाप्तीमा नेपाली कांग्रेसका सुमनबाबु आचार्य, नेकपा माओवादी केन्द्रका पृथ्बी किराती, जनता समाजवादीका टंक थापा, नेकपा (एकीकृत समाजवादी)का बबी चाम्लिङ र नेकपा मालेका झुलेन्द्र बिकले हस्ताक्षर गरेका छन् ।

    bb.jpg

    प्रकाशित मिति :कार्तिक ७, २०७८ आइतवार - २२:३६:१५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको