• ट्रेण्डिङ:

तिहार, छठ तथा उद्यौलीको अवशरमा शुभकामना आदान–प्रदान

तिहार, छठ तथा उद्यौलीको अवशरमा शुभकामना आदान–प्रदान

रोदिक खबर

१५, कार्तिक २०७८
  • 2.9K
    SHARES
  • तिहार, छठ तथा उद्यौलीको अवशरमा शुभकामना आदान–प्रदान

    खोटाङ । दशैं, तिहार, छठ तथा उद्यौलीको अवशरमा खोटाङमा कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ र नेविसंघ दिक्तेल रुपाकोट मझुवागढी नगर समितिले सोमबार शुभकामना आदान–प्रदान कार्यक्रम गर्‍यो ।

    कांग्रेसको दिक्तेलस्थित पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा जिल्ला सभापति नरेशकुमार श्रेष्ठ, महासमिति सदस्य दिनेश राई, जिल्ला सचिव ज्ञानेन्द्र जोशी, हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राई, उपप्रमुख बिमला राई, तरुण दलका उपाध्यक्ष सञ्जयकुमार राई, नेविसंघका अध्यक्ष राजकुमार बस्नेत लगायत उपस्थित थिए । तर, सो कार्यक्रम शुभकामना आदान–प्रदानमा मात्र सिमित रहेन ।

    चाडवाडको स्वागत गर्दै आपसमा एकता, भाइचारा र शुभकामना बाँड्नका लागि आयोजना गरिएको कार्यक्रममा पार्टीभित्रको आन्तरिक समस्या र समाधानका विषय समेत चर्चा भए/गरिए । 

    सहभागी कांग्रेस नेताले चुनावमा प्रतिपक्षीलेभन्दा पनि कांग्रेसले कांग्रेसलाई हराउने गरेको चर्चा गरेका छन् । कांग्रेस अधिबेसनतर्फ गइरहेको अवस्थामा कांग्रेस नेताले पार्टीलाई सहमतीमा नभए स्वस्थ प्रतिष्पर्धाका माध्यमबाट नेतृत्व चयनका लागि सुझाव दिएका छन् ।

    अधिबेसनका बेला भएको प्राविधिक विषयलाई प्रतिशोधका रुपमा राख्ने समस्याले कांग्रेसलाई कमजोर बनाउँदै गरेको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख राईले उल्लेख गरे । ‘कांग्रेसलाई एमालेले हराउँदैन, माओवादीले हराउँदैन, कांग्रेसलाई कांग्रेसले हराउने गरेको छ ।

    यसको अन्त्य गर्न नेतृत्वले ध्यान दिन जरुरी छ,’ क्षेत्रीय सभापति समेत रहेका राईले भने, ‘अधिबेसनमा हारजीत हुनु प्राविधिक पाटो हो । तर, हारजीतलाई मेरो आँखा फोडियो, अव यिनको पनि फोड्छु भनेर हिँड्ने प्रबृत्तिले कांग्रेसलाई कमजोर बनाइरहेको छ ।’ उनले आफु अनुकुलको नेतृत्व आए आफ्नो हालीमुहाली हुने भन्दै नेतालाई उचाल्ने आत्मकेन्द्रित प्रवृत्ति त्याग्न तरुण दल र नेविसंघलाई सुझाव दिएका छन् । 

    विशेष अतिथिका रुपमा महासमिति सदस्य दिनेश राईले संगठन निर्माणमा युवालाई जिमेवारी प्रदान गर्नुपर्ने धारणा राखेका छन् । प्रमुख अतिथि रहेका कांग्रेस जिल्ला सभापति श्रेष्ठले पार्टीलाई सुदृढिकरण गरेर लैजाने प्रतिवद्धता जनाएका छन् । कार्यक्रम नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष मिलन कसजुको सभापतित्वमा आयोजना गरिएको थियो । 

    प्रकाशित मिति :कार्तिक १५, २०७८ सोमवार - २०:५८:२८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको