• ट्रेण्डिङ:

नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा घिमिरे 

नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा घिमिरे 

रोदिक खबर

३०, कार्तिक २०७८
  • 4.8K
    SHARES
  • नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा घिमिरे 

    खोटाङ । नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन खोटाङको अध्यक्षमा प्रकाश घिमिरे चयन भएका छन् । यूनियनको सोमबार जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न आठौँ जिल्ला अधिवेशनवाट घिमिरे सर्वसहमत अध्यक्षमा चयन भएका हुन् ।

    यूनियनको १७ सदस्यीय जिल्ला कार्य समितिको खुल्ला उपाध्यक्षमा जानुका श्रेष्ठ, महिला उपाध्यक्षमा चन्द्रमाया राई र समावेशी उपाध्यक्षमा विकास राई चयन भएका छन् । सचिवमा शम्भु तामाङ, सह–सचिवमा दिनेश खत्री तथा कोषाध्यक्षमा लेखनाथ कटुवाल चयन भएको यूनियनले जनाएको छ । 

    १० जना जिल्ला सदस्यमध्ये ४ जना खुल्ला सदस्य, २ जना कार्यालय सहयोगी समावेसी सदस्य र २ जना महिला समावेसी सदस्य छन् । अध्यक्षबाट मनोनित हुने २ सदस्यमध्ये १ जना भने मनोनित गर्न बाँकी रहेको अध्यक्ष घिमिरेले बताए । अधिवेशनले भगतप्रसाद आचार्य, अनिल आचार्य, पाण्डव घिमिरे र इरन राईलाई केन्द्रीय प्रतिनिधि छनोट गरेको छ । 

    ‘राष्ट्रसेवा, निष्पक्षता, तटस्थता र कर्मचारी एकता’ नाराका साथमा भएको अधिवेशन नेपाली कांग्रेसका महासमिति सदस्य रविप्रकाश राईले उद्घाटन गरेका थिए ।

    अधिबेसन उद्घाटनको अवशरमा यूनियनले लामो समयसम्म संगठनलाई सहयोग पु¥याएको योगदानको उच्च सम्मान गर्दै निजामती सेवाबाट अवकास लिएर निवृत्त जिवन विताइरहेका पूर्वकर्मचारीलाई सम्मान गरेको छ । सोही अवसरमा युनियनको अध्यक्ष चुनिएपछि अन्यत्र सरुवा भएर गएका तयन्द्रकुमार राईलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको यूनियनले जनाएको छ । 

    प्रकाशित मिति :कार्तिक ३०, २०७८ मंगलवार - २१:१८:४१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको