• ट्रेण्डिङ:

मत गणनाका क्रममा विवाद निस्किएपछि नेपाली कांग्रेस खोटाङको मत गणना स्थगित

मत गणनाका क्रममा विवाद निस्किएपछि नेपाली कांग्रेस खोटाङको मत गणना स्थगित

रोदिक खबर

९, मंसिर २०७८
  • 3.9K
    SHARES
  • मत गणनाका क्रममा विवाद निस्किएपछि नेपाली कांग्रेस खोटाङको मत गणना स्थगित

    खोटाङ । नेपाली कांग्रेस खोटाङको मत गणना स्थगित भएको छ । बिहिबार राती मत गणनाका क्रममा विवाद निस्किएपछि मत गणना रोकिएको हो । जिल्ला सभापतिका उम्मेद्वार पूर्व पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री सर्वधन राई समुहले मतपत्र दुई खालको भेटिएको भन्दै आवाज उठाएपछि मत गणना स्थगित भएको हो ।

    विवाद निस्किएपछि कांग्रेस पार्टी कार्यालयमा अहिले बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ । मतपत्रका विषयमा असन्तुष्टी जनाउँदै सर्वधनको समुहले जिल्ला निर्वाचन अधिकृतको कार्यालय समक्ष निवेदन नै दर्ज गरेको श्रोतले जनाएको छ ।

    मत गणनास्थलमा दुई पक्षबीचमा तनाव सिर्जना भएको छ । १ हजार ३२२ मत खसेकामा १ हजार १०० मत गणना हुँदा सभापतिका उम्मेद्वार पूर्वसभापति बिष्णुकुमार राईले ८० मतले अग्रता लिएका छन् ।

    पौडेल निकट बिष्णुकुमारले राईले ५७१ मत पाउँदा देउवा निकट पूर्व पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री राईले ४९१ मत पाएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    प्रकाशित मिति :मंसिर ९, २०७८ बिहिवार - २२:४७:१३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको