• ट्रेण्डिङ:

खोटाङ कांग्रेसमा पौडेल–कोइराला पक्ष हावी 

खोटाङ कांग्रेसमा पौडेल–कोइराला पक्ष हावी 

रोदिक खबर

११, मंसिर २०७८
  • 3.9K
    SHARES
  • खोटाङ कांग्रेसमा पौडेल–कोइराला पक्ष हावी 

    नेपाली कांग्रेस खोटाङमा रामचन्द्र पौडेल–शेखर कोइराला पक्ष हावी भएको छ । जिल्ला कार्य समितिदेखि संघीय महाधिबेसन प्रतिनिधिमा पौडेल– कोइराला समुहको हावी भएको हो । जिल्ला सभापति बिष्णुकुमार राई सहित सबै पदाधिकारी पौडेल– कोइराला समुहको संयुक्त प्यानल विजयी भएको छ ।

    जिल्लामा पौडेल– कोइराला समुहको संयुक्त र शेरबहादुर देउवा–कृष्ण सिटौला समुहको संयुक्त प्यानल चुनावी मैदानमा उत्रिएको थियो । ३९ जिल्ला सदस्यमध्ये अधिकांश सदस्यमा पौडेल– कोइराला समुहको उम्मेद्वार विजयी भएका छन् । शनिबार घोषित अन्तिम परिणाम अनुसार जिल्ला कार्य समिति सदस्यमा देउवा–सिटौला समुहका १५ जना मात्र निर्वाचित भएका छन् । 
    खोटाङबाट संघीय महाधिबेसन प्रतिनिधि (खुल्ला र समावेसी) मा पनि अधिकांश पौडेल–कोइराला समुह निर्वाचित भएका छन् । खुल्लातर्फ इच्छुराम राना, सुवासकुमार पोखरेल, भूपेन्द्र राई, नरेशकुमार श्रेष्ठ, विश्वनाथ निरौला, रविप्रकाश राई, बिरकाजी राई, जितेन्द्रसिं ठकुरी, सुमनवाबु आचार्य र रुद्र गिरी निर्वाचित भएका छन् । संघीय महाधिबेसन प्रतिनिधि (खुल्ला) तर्फ ३० जनाको उम्मेद्वारी परेको थियो । 

    यस्तै, खुल्ला महिलातर्फ सरस्वती बजिमय, बिमला राई, शान्तिदेबी राई र डिल्लीकुमारी आचार्य निर्वाचित भएका छन् । खस आय खुल्र्लातर्फ इन्द्रप्रसाद घिमिरे र धर्मराज पोखरेल, खस आर्य महिलामा सरिता खड्का, आदिवासी जनजातीतर्फ भीषण राई, लोकेन्द्र राजभण्डारी र शहरमान राई चुनिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आदिवासी जनजाती महिलातर्फ कमला राई, देबी राई (दिक्तेल) र हिरा गुरुङ, दलिततर्फ राकेश परियार र अल्पसंख्यकतर्फ दिवराज राई निर्वाचित भएका छन् । 

    कुन नेता, कुन समुहका ? 

    संघीय महाधिबेसन प्रतिनिधि चुनिएका इच्छु, नरेश, विश्वनाथ, रुद्र, डिल्लीकुमारी, धर्मराज, इन्द्र, सरिता, लोकेन्द्र, सहरमान, देबी, हिरा, राकेश र दिवराज पौडेल समुह निकट मानिन्छन् । यस्तै, शेखर कोइराला समुहबाट सुवास, बिरकाजी, शान्तिदेबी र सुमनबाबु चुनिएका छन् । पौडेल–कोइराला समुहबाट संघीय महाधिबेसन प्रतिनिधिमा निर्वाचित जितेन्द्रसिं र भीषण शशांक कोइराला निकट रहेको कांग्रेस श्रोतले जनाएको छ । 

    यस्तै, देउवा समुहबाट रविप्रकाश, सरस्वती, कमला, विमला तथा सिटौला समुहबाट भूपेन्द्र निर्वाचित भएका हुन् । यसअघिको महासमिति सदस्य दिनेश राई भने संघीय महाधिबेसन प्रतिनिधिमा एक मतले पराजित भएका छन् । 

    जिल्लामा एउटा, केन्द्रमा अर्कै समिकरण 

    खोटाङबाट संघीय महाधिबेसन प्रतिनिधिमा निर्वाचित सुवास, नरेश, रबिप्रकाश, भूपेन्द्र, जिल्ला सभापति बिष्णुकुमार लगायत थोरै नेता मात्र केन्द्रको समुहसँग प्रतिवद्ध देखिन्छन् । अन्य धेरैजसो महाधिबेसन प्रतिनिधिको भने भोट हाल्ने बेलामा ‘क्याम्प’ फेरबदल हुनसक्ने श्रोत बताउँछ ।

    किन पनि भने विगतमा पनि जिल्लामा एउटा समिकरणबाट महासमिति चुनिएका नेताले केन्द्रमा अर्कै टिमलाई भोट हालेका थिए । ‘थोरै संघीय महाधिबेसन प्रतिनिधिको मात्र जिल्लादेखि केन्द्रसम्मको लाईन क्लियर देखिन्छ,’ श्रोतले भन्यो, ‘जिल्लामा एउटा समिकरण बने पनि धेरैजसोले राष्ट्रिय महाधिबेसनमा लाईन चेञ्ज गर्न सक्ने देखिन्छ ।’ 

    प्रकाशित मिति :मंसिर ११, २०७८ शनिवार - २१:३३:५४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको