शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

माओवादीको नगर कमिटिले भ्रष्टाचार विरुद्ध महाअभियान सञ्चालन गर्ने 

माओवादीको नगर कमिटिले भ्रष्टाचार विरुद्ध महाअभियान सञ्चालन गर्ने 

रोदिक खबर

१२, मंसिर २०७८
  • 7.0K
    SHARES
  • माओवादीको नगर कमिटिले भ्रष्टाचार विरुद्ध महाअभियान सञ्चालन गर्ने 

    खोटाङ । नेकपा (माओवादी केन्द्र) खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटिले भ्रष्टाचार विरुद्ध महाअभियान सञ्चालन गर्ने घोषणा गरेको छ । शनिबार सम्पन्न प्रथम नगर सम्मेलनबाट गठित नगर कमिटिले आइतबार दिक्तेलमा पत्रकार सम्मेलन गर्दै नगरभित्र भइरहेका भ्रष्टाचार विरुद्ध महाअभियान सञ्चालन गर्ने घोषणा गरेको हो । 

    कतिपय योजनाको बिल भर्पाईदेखि गुणस्तर निरिक्षण र मूल्यांकन गरेर अख्तियारसम्म पु¥याउनेगरी पार्टी कमिटि अघि बढ्ने माओवादी केन्द्रका दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटि अध्यक्ष विसन राईले बताए । उनले प्रशासनिक काम कारबाहीमा हुनेगरेको ढिलासुस्ती र अनियमिततालाई समाप्त पार्न नागरिक अभियानमा जोड दिने जानकारी दिए ।

    ‘जनप्रतिनिधिको जीवनशैली, लवाई खुवाई र स्वभावमा अकस्मात परिवर्तन आएको छ । त्यसको श्रोत के हो भन्ने कुरा छर्लङ्ग छ,’ अध्यक्ष राईले भने, ‘आगामी दिनमा यो नगरपालिकाको योजनाको बिल भर्पाईदेखि गुणस्तर हेरेर अख्तियारसम्म पुगिन्छ । पुःनमूल्यांकन गराएर दोषीलाई कारबाहीको दायरामा ल्याउन पहल गर्ने छौँ ।’ 

    माओवादी केन्द्रको नगर कमिटिले केपी ओली पात्र नभै जनघाती प्रवृत्ति भएको हुँदा यसका विरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने, फरक तर मित्रशक्तीका रुपमा रहेका पार्टीसँग सम्वन्ध सुधारका लागि पहल गर्ने, पार्टीलाई नगरमा पहिलो बनाउने गरी नीति तथा कार्यक्रम तय गर्ने निर्णय गरिएको जानकारी दिएको छ । 

    यस्तै, संविधानले सुनिश्चित गरेका नागरिकको हक अधिकारको रक्षार्थ राजनीतिक रुपले देशभक्त नागरिकलाई आफ्नो पार्टीमा संगठित गर्न अभियान सञ्चालन गर्ने, माओवादी आन्दोलनमा सहभागी भइ बिचमा छुटेका कार्यकर्तालाई पुःन पार्टीमा जोड्ने कार्यक्रम बनाउने, युवा, महिला, विद्यार्थी र दलित समुदायलाई अवसरहरुमा प्राथमिकता दिने लगायतका निर्णय गरिएको अध्यक्ष राईले जानकारी दिए । 

    प्रकाशित मिति :मंसिर १२, २०७८ आइतवार - १८:११:३६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको