• ट्रेण्डिङ:

नेकपा एमालेको केन्द्रीय सदस्यमा खोटाङबाट उषाकला र खगेन्द्र

नेकपा एमालेको केन्द्रीय सदस्यमा खोटाङबाट उषाकला र खगेन्द्र

रोदिक खबर

१५, मंसिर २०७८
  • 4.3K
    SHARES
  • नेकपा एमालेको केन्द्रीय सदस्यमा खोटाङबाट उषाकला र खगेन्द्र

    खोटाङ । खोटाङबाट नेकपा एमालेका दुई जना केन्द्रिय सदस्य चुनिएका छन् । जनजाती खुलाबाट खगेन्द्र राई र प्रदेश १ भूगोलबाट (महिला) उषाकला राई एमाले केन्द्रिय सदस्य चुनिएका हुन् । खगेन्द्र निर्विरोध केन्द्रिय सदस्य चयन भएका हुन् । 


    १ नम्बर प्रदेशको पूर्व सामाजिक मन्त्री रहेकी उषाकलाले भूगोलबाट (महिलातर्फ)का उम्मेद्वारमध्ये सवैभन्दा बढि मत सहित केन्द्रिय सदस्यमा विजयी भएकी हुन् ।

    मंगलबार सम्पन्न मतदानमा उनले १८७५ मत पाएकी छन् । यस्तै, नेता कर्ण घले अनुशासन आयोगको सदस्यमा चुनिएको एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले बताए । 

    प्रकाशित मिति :मंसिर १५, २०७८ बुधवार - ०८:२७:०२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको