नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा उद्धव थापा विजयी भएका छन् । संस्थापन पक्ष सभापति शेरबहादुर देउवा तथा कृष्ण सिटौला पक्षका थापाले ८४४ मत ल्याएर विजयी भएका हुन् । उनका प्रत्यासी वरिष्ठ नेता रामचन्द्र पौडेल तथा शेखर कोइराला पक्षका उम्मेद्वार गुरु घिमिरेले ८४२ मत प्राप्त गरे । थापाले २ मतान्तरले घिमिरेलाई सभापतिमा पराजित गरेका हुन् ।
यस्तै उपसभापतिमा रमेशजंग रायामाझी र टंक प्रसाद राई, महामन्त्रीमा भुपेन्द्र राई र उमेश थापा, सहमहामन्त्री खुल्लामा खड्ग फागो र बिनोदकुमार बस्नेत, सहमहामन्त्री महिलामा प्रमिला गच्छ्दार निर्वाचित भएका छन् ।
१७५२ मत खसेकोमा संस्थापन इतर पक्षका घिमिरेले ८४२ मत पाएका छन् । प्रदेश १ मा काँग्रेस सभापतिका लागि शनिबार मतदान भएको थियो।