खोटाङ । खोटाङका दुई नेताले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रिय सदस्य जितेका छन् । पुर्वसभासद अर्जुन राई र विजयकला राई (जानुका)ले राप्रपाको केन्द्रिय सदस्य जितेका हुन् ।
अर्जुन खुला र विजयकला महिलातर्फबाट राप्रपाको केन्द्रिय सदस्यमा विजयी भएका हुन् । अजुर्न यसअघि राप्रपाको ५५ सदस्यीय निर्देशक समितिको सदस्य थिए ।
आइतबार बिहान घोषित अन्तिम मत परिणाम अनुसार राप्रपाको केन्द्रिय अध्यक्षमा कमल थापालाई पछि पार्दै राजेन्द्र लिङ्देन विजयी भएका छन् ।