नेपाली कांग्रेस की नेतृ सरस्वती बजिमयले १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छिन्। बजिमयले आदिवासी जनजाति महिला तर्फको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी हुन्।
संविधान सभा सदस्य समेत रहेकी बजिमयले साथीभाई, शुभेच्छुक, टिमभित्रका नेताहरूको सुझाव र परामर्शमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेको बताइन् ।
१४ औं महाधिवेशन अन्तरगत खोटाङ जिल्लाको सातौं जिल्ला अधिवेशनबाट भारी मतका साथ महाधिवेशन प्रतिनिधिमा विजयी भएकी बजिमयले केन्द्रीय सदस्य पदमा आफूलाई मतदान गर्न महाधिवेशन प्रतिनिधिहरूसँग अनुरोध गरेकी छिन्।
उनले केन्द्रीय कार्यसमितिमा रहेर काँग्रेसलाई अझै बलियो बनाउन भूमिका खेल्ने बताएकी छिन्। खोटाङ जिल्लाको शिर्ष नेता रहेकी बजिमय कुशल, सागठिनक र राजनीतिज्ञ हुन्। बजिमय पार्टी सभापति शेरबहादुर देउवा निकट हुन्।