• ट्रेण्डिङ:

कांग्रेस सभापतिको दोस्रो चरणको चुनावमा प्रकाशमानले शेरबहादुरलाई समर्थन गर्ने

कांग्रेस सभापतिको दोस्रो चरणको चुनावमा प्रकाशमानले शेरबहादुरलाई समर्थन गर्ने

रोदिक खबर

२८, मंसिर २०७८
  • 5.0K
    SHARES
  • कांग्रेस सभापतिको दोस्रो चरणको चुनावमा प्रकाशमानले शेरबहादुरलाई समर्थन गर्ने

    काठमाडौं । कांग्रेस सभापतिको दोस्रो चरणको चुनावमा प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । आफूलाई भेट्न आएका देउवासँग उनले यस विषयमा सहमति गरेका हुन् ।

    दोस्रो चरणको चुनावअघि सिंहलाई भेट्न देउवा उनको निवास चाक्सीबारीमा पुगेका हुन् । दुई नेताबीच वार्तापछि दोस्रोचरणमा देउवालाई सघाउन सिंह सहमत भएका छन् ।


    भेटमा देउवाले आफ्नो कमजवोरी सच्याउँदै पार्टीलाई सुधार गरेर लैजाने वचनबद्धता व्यक्त गरेका थिए । सिंहको समर्थनसँगै दोस्रो चरणको चुनावमा देउवाको दाबेदारी बलियो बनेको छ । पहिलो चरणमा चुनाव जित्न उनलाई ८२ भोट मात्र अपुग भएको थियो ।

    प्रकाशित मिति :मंसिर २८, २०७८ मंगलवार - ११:२१:५५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको