• ट्रेण्डिङ:

कांग्रेस सभापति पदको दोस्रो चरणको चुनाव साढे ३ बजेदेखि, देउवा सभापतिमा निर्वाचित हुने लगभग पक्का

कांग्रेस सभापति पदको दोस्रो चरणको चुनाव साढे ३ बजेदेखि, देउवा सभापतिमा निर्वाचित हुने लगभग पक्का

रोदिक खबर

२८, मंसिर २०७८
  • 3.8K
    SHARES
  • कांग्रेस सभापति पदको दोस्रो चरणको चुनाव साढे ३ बजेदेखि, देउवा सभापतिमा निर्वाचित हुने लगभग पक्का

    काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि दोस्रो चरणको निर्वाचन दिउँसो साढे ३ बजेदेखि सुरु हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले मतदानका लागि साढे ३ बजेदेखि साढे ७ बजेसम्मको समय निर्धारण गरेको हो ।

    दोस्रो चरणको चुनावमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने छ । पहिलो चरणको चुनावमा देउवाले २२५८ र कोइरालाले १७०२ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

    ३७१ मत पाएर तेस्रो स्थानमा रहेका प्रकाशमान सिंह, २५० मत पाएर चौथो स्थानमा विमलेन्द्र निधि र पाँचौ स्थानमा रहेका कल्याण गुरुङ सभापति पदको दोस्रो चरणको निर्वाचनबाट आउट भएका छन् । सिंहले देउवालाई समर्थन गर्ने निर्णय गरेकाले देउवा सभापतिमा निर्वाचित हुने लगभग पक्का भएको छ ।

    प्रकाशित मिति :मंसिर २८, २०७८ मंगलवार - ११:३६:१८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको