• ट्रेण्डिङ:

कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित

कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित

रोदिक खबर

२९, मंसिर २०७८
  • 2.5K
    SHARES
  • कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । मंसिर २४ गतेबाट राजधानीमा जारी महाधिवेशन अन्तरगत सभापतिको अन्तिम मतपरिणाम अनुसार देउवाले विजयी हासिल गरेका हुन् ।

    मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा कुल खसेको ४६२३ मतमध्ये देउवाले २७३३ मत प्राप्त गरे । यस्तै डा. शेखर कोइरालाले १८५५ मत ल्याए । ३५ मत बदर भएको छ ।

    सोमबार भएको पहिलो चरणको निर्वाचनमा कुनै पनि सभापतिका उम्मेदवारहरुले ५० प्रतिशत कटाउन नसक्दा दोस्रो चरणमा निर्वाचन भएको थियो । दोस्रो चरणमा सबैभन्दा बढी मत ल्याउने देउवा र कोइरालाको प्रतिस्पर्धा थियो । दोस्रो चरणको मतदानमा देउवालाई प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले समर्थन गरेका थिए ।

    प्रकाशित मिति :मंसिर २९, २०७८ बुधवार - ०७:२६:४५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको