• ट्रेण्डिङ:

कांग्रेस केन्द्रीय सदस्यमा बजिमय विजयी, को हुन बजिमय ?

कांग्रेस केन्द्रीय सदस्यमा बजिमय विजयी, को हुन बजिमय ?

रोदिक खबर

९, पौष २०७८
  • 4.9K
    SHARES
  • कांग्रेस केन्द्रीय सदस्यमा बजिमय विजयी, को हुन बजिमय ?

     खोटाङ । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा सरस्वती बजिमय विजयी भएकी छन्। कांग्रेसको १४ औ महाधिवेशनको निर्वाचन मत परिणामबाट बजियम आदिवासी जनजाती महिला केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन्।

    नेपाली कांग्रेस खोटाङबाट महाधिवेशन प्रतिनिधिमा विजयी भई संस्थापन पक्षबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएर कांग्रेसको केन्द्रीय सदस्य बनेका बजिमय हालको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वासिन्दा हुन्।

    बजिमयले आदिवासी जनजाती कलष्टरमा तेश्रो मत २ हजार ५९ मत ल्याएको कांग्रेसका युवा नेता सुमन आचार्यले जानकारी दिए। बजिमय केन्द्रीय सदस्य भएसँगै बल्ल खोटाङले कांग्रेसको केन्द्रीय सदस्य पाएको छ। यसअघि जिल्लाबाट कांग्रेसको केन्द्रीय सदस्य थिएन।

    को हुन बजिमय ?

    बि.स २०१३ साल फागुन २१ गते ओखलढुङमा जन्मिएकी बजिमयले २०३५ सालमा त्रिचन्द्र क्याम्पसबाट बिए उतिर्ण गरिन्। २०४६ सालमा कांग्रेसको साधारण सदस्य लिएर कांग्रेसको राजनीति थालेका उनले २०४८ सालमा पार्टीको क्रियाशिल सदस्यता प्राप्त गरेकी थिईन्।

    २०४६ सालको जनमत संग्रहमा बहुदलको पक्षमा प्रचारप्रसार गरेका उनले २०४९ सालको निर्वाचनमा प्रचार समितिको सदस्य भई काम गरिन्। २०५५ सालमा महिला संघ जिल्ला कार्य समिति सदस्य, प्रचार–प्रसार जिल्ला समिति सदस्य भई पार्टीमा काम गरेका वजिमय २०५६ सालको प्रतिनिधिसभाको निर्वाचनमा जिल्लाभरी खटेका पहिलो महिला नेतृ हुन्।

    सगरमाथा अञ्चल जनआन्दोलन संघर्ष समितिको सदस्य तथा कोषाध्यक्ष भई काम गरेका उनी जनआन्दोलनको समयमा जिल्लामा व्यापक सक्रिय भई खटिन्, जनआन्दोलन सफल पार्न अनसन बसिन्।

    जनआन्दोलनमै केन्द्रमा पनि त्यतिकै सक्रिय भई रत्नपार्कमा असनस बसेर अनवरत खटिन्। जनआन्दोलनमा बुलन्द आवाज दिंदै आउने क्रममा उनी ७र८ पटक पक्राउ परी जेल समेत बसेकी नेतृ हुन्। राजनीतिमा एकपछि अर्को गर्दै जम्प मार्दै अघि बढेका उनी २०५७ सालमा नेपाल महिला संघका जिल्ला सभापतिमा चयन भईन्।

    २०५७ सालमै नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा चुनिएका उनी एक वर्षपछि महिला विभागको केन्द्रीय सदस्य बनिन्। यसले उनको राजनीतिक हाईट बढेर गयो।

    कांग्रेसको एघारौ महाधिवेशनबाट महासमिति सदस्यमा विजयी भएका बजियम २०६२ सालमा कांग्रेसको जिल्ला कार्य समिति सदस्य, २०६३ सालमा जिल्ला कार्य समिति कोषाध्यक्ष, २०६४ सालमा नेपाल महिला संघको केन्द्रीय कोषाध्यक्ष हुंदै संविधानसभा सदस्य बनेका उनले कांग्रेसको राजनीतिमा महत्वपूर्ण संघर्ष गरेकी छन्। कांग्रेसको राजनीतिमा जीवन बिताएर जिल्लाबाट पहिलो केन्द्रीय सदस्य बनका बजिमयले ईतिहास रचेकी छन्।

    प्रकाशित मिति :पौष ९, २०७८ शुक्रवार - १३:१२:५१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको