• ट्रेण्डिङ:

एमाले केन्द्रीय कमिटिमा जिम्मेवारी पाउने नेतालाई प्रेस चौतारीको बधाई 

एमाले केन्द्रीय कमिटिमा जिम्मेवारी पाउने नेतालाई प्रेस चौतारीको बधाई 

रोदिक खबर

२३, पौष २०७८
  • 2.7K
    SHARES
  • एमाले केन्द्रीय कमिटिमा जिम्मेवारी पाउने नेतालाई प्रेस चौतारीको बधाई 

    खोटाङ । प्रेस चौतारी नेपाल खोटाङले नेकपा एमालेको केन्द्रीय कमिटिमा जिम्मेवारी पाउने नेतालाई बधाई तथा शुभकामना दिएको छ । एमाले पोलिटव्यूरो सदस्य बिशाल भट्टराई, केन्द्रीय सदस्य खगेन्द्र राई, उषाकला राई, रमेश पौडेल र केन्द्रीय अनुशासन आयोगका सचिवालय सदस्य कर्ण घलेलाई बधाई तथा शुभकामना दिएको हो ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सभाहलमा बिहिबार आयोजित कार्यक्रममा एमाले खोटाङका सचिवालय सदस्य एवं सातौं जिल्ला अधिबेशन प्रचार–प्रसार बिभाग प्रमुख दिलचक्र राई र प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य हरिबोल आचार्यले खादा र दोसल्ला ओढाएर मायाँको चिनो हस्तान्तरण गरेका छन् । 

    प्रतिनिधिसभा सदस्य भट्टराई एमाले केन्द्रीय कमिटिको बैठकबाट पोलिटव्यूरो सदस्य मनोनयन भएका हुन् । खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पौडेल पनि केन्द्रीय कमिटिमा मनोनयनमा परेका हुन् । खगेन्द्र र उषाकला भने चितवनमा सम्पन्न १० औं राष्ट्रिय अधिबेसनबाट क्रमशः जनजाती खुला तथा प्रदेश १ भूगोलबाट (महिला) बाट केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । उषाकला प्रदेश १ का  पूर्वसामाजिक विकास मन्त्री एवं प्रदेश सांसद हुन् । खगेन्द्र जनसाँस्कृतिक महांसंघका अध्यक्ष हुन् । 

    कार्यक्रममा पोलिटव्यूरो सदस्य भट्टराईले आफ्नो पार्टीले कारवाही गरेर निष्कासन गरेका सांसदको नामावली सभामुखले टाँस नगरेसम्म संसद चल्न नदिने बताएका छन् । एमाले प्रमुख सचेतक रहेका भट्टराईले एमालेबाट निष्कासनमा परेका सांसदलाई नहटाएर सभामुखले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखेका छन् । 

    प्रकाशित मिति :पौष २३, २०७८ शुक्रवार - ००:०१:४५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको