• ट्रेण्डिङ:

एमाले खोटाङको सातौँ जिल्ला अधिवेशन उद्घाटनसत्र सकियो, बन्दसत्र शुरु

एमाले खोटाङको सातौँ जिल्ला अधिवेशन उद्घाटनसत्र सकियो, बन्दसत्र शुरु

रोदिक खबर

२३, पौष २०७८
  • 2.5K
    SHARES
  • एमाले खोटाङको सातौँ जिल्ला अधिवेशन  उद्घाटनसत्र सकियो, बन्दसत्र शुरु

    खोटाङ । नेकपा एमाले खोटाङको सातौँ जिल्ला अधिवेशन अन्तरगत बेलुका सात बजेबाट बन्दसत्र शुरु भएको छ । दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्डहलमा जारी बन्दसत्रमा अहिले राजनीतिक, साँगठानिक, आर्थिक र विकास तथा समृद्धि प्रतिवेदन प्रस्तुत गर्ने काम भइरहेको जनाइएको छ ।

    राजनीतिक प्रतिवेदन निवर्तमान अध्यक्ष रामप्रसाद दंगाल, साँगठानिक प्रतिवेदन सचिव कुमार आचार्य, आर्थिक प्रतिवेदन सचिवालय सदस्य उपिनकुमार राई र विकास तथा समृद्धि प्रतिवेदन दीपनारायण रिजालले प्रस्तुत गर्नेछन् । प्रस्तुत प्रतिवेदन बन्दसत्रले पारित गरेपछि नयाँ नेतृत्व चयनको प्रक्रिया शुरु हुने एमालेले जनाएको छ ।

    uml1.jpg

    एमाले पोलिटब्यूरो सदस्य एवम् संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले उद्घाटन गरेको जिल्ला अधिवेशनले सर्वसहमतिमा नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ । एमालेको विधान अनुसार अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित ७५ सदस्यीय जिल्ला कार्यसमिति चयन गर्ने अधिवेशन आयोजक समितिको प्रचार विभाग संयोजक दिलचक्र राईले जानकारी दिए ।

    बन्दसत्रका लागि पोलिटब्यूरो सदस्य एवम् संसदीय दलका प्रमुख सचेतक भट्टराईको संयोजकत्वमा आठ सदस्यीय अध्यक्ष मण्डल र नेपाल निजामति कर्मचारी सङ्गठनका केन्द्रीय सचिवालय सदस्य ध्रुवकुमार कार्कीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको छ ।

    उद्घाटनसत्रमा केन्द्रीय सदस्यहरु उषाकला राई, खगेन्द्र राई, केन्द्रीय अनुशासन आयोगका सदस्य कर्ण घले लगायतले शुभकामना मन्तव्य राखेका थिए। दश स्थानीय तहका एक हजार एक सय प्रतिनिधि सहभागी उद्घाटनसत्रमा जनसाँस्कृतिक महासङ्घ तथा साईनो कला केन्द्र खोटाङका कलाकारहरुले साँगीतिक प्रस्तुति दिएका थिए ।

    प्रकाशित मिति :पौष २३, २०७८ शुक्रवार - २१:१५:५३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको