खोटाङ । नेकपा एमाले खोटाङको अध्यक्षमा रामप्रसाद दंगाल निर्वाचित भएका छन् । शनिबार दिक्तेलको माटिकोरेस्थित जिल्ला खेलकुद विकास समितिको कबर्डहलमा सम्पन्न सातौं जिल्ला अधिबेसनबाट दंगाल सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन् ।
नेकपा एमाले जिल्ला कमिटिको १० बैशाखदेखि १४ बैशाख २०७२ मा सम्पन्न छैठौं अधिबेसनबाट निर्वाचित अध्यक्ष ववि चाम्लिङ नेकपा (एकीकृत समाजवादी) मा लागेपछि जिल्ला कमिटिबाट अध्यक्षमा मनोनित दंगाल अधिबेसनमार्फत अध्यक्ष बनेका हुन् ।
एमाले जिल्ला कमिटिको उपाध्यक्षमा देवबिक्रम राई, सचिवमा कुमारप्रसाद आचार्य, उपसचिवमा सुरेन्द्रकुमार राई र दिपनारायण रिजाल निर्वाचित भएका छन् । अधिबेसनले एमालेको ७५ सदस्यीय जिल्ला कमिटि निर्माण गरेको छ । जिल्लामा सर्वसम्मत नेतृत्व चयन गरिएको हो ।
‘सत्तालिप्साले जन्माएको गठवन्धन विरुद्ध एक होऔं, विकास, संमृद्धि र अग्रगतिका लागि सवै एमाले एक बनौं’ भन्ने नारा सहित शुक्रबार सुरु भएको अधिबेसन प्रमुख सचेतक एवं पोलिटब्यूरो सदस्य भट्टराईले उद्घाटन गरेका थिए ।
अधिबेसनमा जिल्ला अधिबेसनमा वडा, गाउँपालिका, नगरपालिका कमिटि, सल्लाहकार परिषद, कम्यूनिष्ट मञ्च, खोटाङ–काठ्माण्डौं सम्पर्क मञ्च, जनसंगठन, अल्पसंख्यक, सिमान्तकृत, फरक क्षमता र लैंगिक अल्पसंख्यकबाट एक हजार एक सय प्रतिनिधिको सहभागीता रहेको अधिबेसन प्रचार–प्रसार विभाग प्रमुख दिलचक्र राईले बताए ।