• ट्रेण्डिङ:

एमालेका नवनिर्वाचित पदाधिकारीले गरे पदभार ग्रहण 

एमालेका नवनिर्वाचित पदाधिकारीले गरे पदभार ग्रहण 

रोदिक खबर

३०, पौष २०७८
  • 3.3K
    SHARES
  • एमालेका नवनिर्वाचित पदाधिकारीले गरे पदभार ग्रहण 

    खोटाङ । नेकपा एमाले खोटाङका नवनिर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका छन् । २४ पुसमा सम्पन्न सातौं जिल्ला अधिबेसनबाट निर्वाचित एमाले अध्यक्ष रामप्रसाद दंगाल लगायतले शुक्रबार पदभार ग्रहण गरेका हुन् ।

    दिक्तेलको भवनगैरास्थित पुष्पलाल स्मृति भवनमा अध्यक्ष दंगाल, सचिव कुमारप्रसाद आचार्य, उपसचिव दिपनारायण रिजाल र सुरेन्द्रकुमार राईले पदभार ग्रहण गरेका हुन् । 
    एमालेका नवनिर्वाचित पदाधिकारीलाई एमाले केन्द्रीय सदस्य एबं प्रदेश सांसद उषाकला राईले पदभार ग्रहण गराएकी थिईन् । उपाध्यक्ष देवविक्रम राईले कार्यव्यस्तताका कारण पदभार ग्रहण कार्यक्रममा उपस्थित हुन नसकेको एमालेले जनाएको छ । 

    प्रकाशित मिति :पौष ३०, २०७८ शुक्रवार - १९:२७:५३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको