• ट्रेण्डिङ:

प्रत्येक कार्यकर्ताहरुको मनोवल उच्च बनाएर अघि बढ्छौं : सभापति राई

प्रत्येक कार्यकर्ताहरुको मनोवल उच्च बनाएर अघि बढ्छौं : सभापति राई

रोदिक खबर

५, माघ २०७८
  • 3.2K
    SHARES
  • प्रत्येक कार्यकर्ताहरुको मनोवल उच्च बनाएर अघि बढ्छौं  : सभापति राई

    नेपाली काग्रेस खोटाङका सभापति विष्णुकुमार राईले कांग्रेसलाई थप मजबुत र सुदृढ गराउन प्रत्येक  नेता तथा कार्यकर्ताहरुको मनोवल उच्च बनाएर अघि बढ्ने बताएका छन् । कांग्रेसले मंगलबार वीपी स्मृति भवन दिक्तेलमा आयोजना गरेको पालिका सभापति, भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रमुखसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै सभापति राईले आगामी दिनमा पार्टीलाई एकतापूर्ण सुदृढिकरणमा लैजान कार्यशैलिगत रणनीतिलाई स्पष्ट बनाएर अघि बढ्ने बताएका हुन् ।

    नेपाली कांग्रेस खोटाङको सातौं जिल्ला अधिवेशनबाट आएको नयाँ नेतृत्वले पछिल्लो समय सांगठनिक गतिविधिलाई तीव्रता दिदैं आएको पाइएको छ । कांग्रेसले ‘जनताको घर–घरमा नेपाली कांग्रेस, कांग्रेसको पक्षमा अवको जनादेश’ भन्ने मुल नाराको साथ पालिका सभापति, भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रमुखसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । तत्कालै आउन लागेको स्थानीय, प्रदेश र संघको निर्वाचनका लागि कांग्रेस सो नारालाई आत्मसाथ गर्दै अगाडि बढ्ने बताएको छ ।

    कार्यक्रममा अनिवार्य प्रतिवेदन लिएर आउन जिल्ला सभापति राईले दिएको निर्देशन अनुसार पालिका सभापति, संघसंस्थाका प्रमुख, शुभेच्छुक संस्थाका प्रमुखहरुले सांगठनिक प्रतिवेदन तथा समस्याका विषयहरु प्रस्तुत गरेका थिए । कांग्रेसका पालिका सभापति तथा भातृ, शुभेच्छुक संघसंस्थालाई चलायमान बनाउन नेतृत्वले आयोजना गरेको अन्तरक्रियाले आफुहरुमा उत्साह थपिएको १० वटै पालिकाका सभापति तथा भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रमुखहरुले बताएका छन् ।

    कांग्रेसले आफ्नो पनि प्रतिवेदन पेश गरेको छ । कांग्रेसले प्रतिवेदनमा जिल्लामा अन्य पार्टीबाट कांग्रेसमा प्रवेश गर्नेको संख्या दिन प्रतिदिन बढेको उल्लेख गरेको छ ।
    यस्तै, वडा तहहरुमा टोल समितिहरु गठन तीव्र रुपमा अगाडि बढेको, ७९ वटै वडाहरुमा भएको मतादाता नामावली संकलन अभियानमा सहभागी गराउन सहजीकरण गरेको, गत पौष १६ गते राष्ट्रिय मेलमिलाप दिवस भव्यताका साथ मनाइएको, कांग्रेसको नेतृत्वमा चार दलीय गठबन्धनको पहिलो बैठक सम्पन्न गरेको लगायका कार्यहरु प्रस्तुत भएका छन् ।

    जिल्ला अधिवेशनबाट आएको नेतृत्वले गत मंसिर १२ गतेदेखि पौष ३० गतेसम्म गरेका आफ्ना गतिविधि प्रतिवेदनमा समावेश गरेको छ । लगातार सात घण्टासम्म घनीभूत तवरले चलेको अन्तरक्रिया कार्यक्रममा सबै प्रतिवेदन उपर व्यापक छलफल गरि सर्वसम्मतले पास गर्नुका साथै पार्टी र यसका संरचनाको भावी कार्यदिशा स्पष्ट गरेको सभापति राईले जानकारी दिए । कोरोना भाइरसको महामारीलाई लक्षित गर्दै कांग्रेसले पार्टीका सबै संयन्त्रसँग भर्चुअल माध्यमबाट बैठक सञ्चालन गर्ने निर्णय गरेको छ । 

    कोरोना भाइरसको महामारीलाई लक्षित गर्दै कांग्रेसले पार्टीका सबै संयन्त्रसँग भर्चुअल माध्यमबाट बैठक संचालन गर्ने निर्णय गरेको छ । आगामी दिनमा पार्टीलाई एकतापूर्ण सुदृढिकरणमा लैजान कार्यशैलिगत रणनीतिलाई स्पष्ट बनाउने, जिल्ला कार्य समितिले प्रदेश, क्षेत्र, पालिका र वडा तहसम्म नियमित सम्पर्क गर्ने, पार्टी या पार्टीसँग सम्बन्धित व्यक्ति विशेषको बारेमा जथाभावी आलोचना गर्नबाट सचेत रहने, पार्टीभित्र भएका बैठकका निर्णयहरु सबै कार्यकर्तालाई जानकारी गराउन विभिन्न माध्यमको उपयोग गर्ने जस्ता रणनीति तयार गरिएको छ ।

    खोटाङ कांग्रेसलाई थप मजबुत र सुदृढ गराउन प्रत्येक कार्यकर्ताहरुको मनोवल उच्च बनाएर जाने, टोल तहबाट समग्र क्रियाशिल सदस्यहरुलाई सहभागी गराएर प्रशिक्षण दिइने, पालिका स्तरिय अगुवा कार्यकर्ताहरुमा प्रशिक्षण गरिने, प्रदेश निर्वाचन क्षेत्रीय जागरण सभा, जिल्ला स्तरिय जागरण सभा आयोजना गर्ने, औपचारिक, अनौपचारिक नेता कार्यकर्तामा अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गर्ने, भर्खरै सम्पन्न अधिवेशनमा जुनसुकै पदमा उमेद्वाद्वार भएका सबैलाई यथोचित जिम्मा दिएर कामका खट्ने वातावरण सृर्जना गर्नेलगायतका योजनाहरु रहेको कांग्रेसले जनाएको छ ।

    निवर्तमान सभापति तथा महाधिवेशन प्रतिनिधि नरेशकमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला कार्य समितिका पदाधिकारी, प्रदेश (क) र (ख) का सभापति,  नगरपालिका तथा गाउँपालिकाका सभापति, भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रमुखहरुहरुको उपस्थिति रहेको थियो । 

    प्रकाशित मिति :माघ ५, २०७८ बुधवार - ०९:२२:०५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको