शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको पालिका कमिटि गठन 

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको पालिका कमिटि गठन 

रोदिक खबर

१०, माघ २०७८
  • 4.0K
    SHARES
  • नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको पालिका कमिटि गठन 

    खोटाङ । खोटाङको साकेला गाउँपालिकामा नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको पालिका स्तरिय कमिटि गठन गरिएको छ । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको आइतबार भएको गाउँपालिका स्तरिय भेलाले बबिन घिमिरेको अध्यक्षतामा ३९ सदस्यीय पालिका स्तरिय कमिटि गठन गरिएको हो । 

    नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती पालिका कमिटिको उपाध्यक्षमा अर्चना राई, सचिवमा गणेश राई, सह–सचिवमा सुवास राई र कोषाध्यक्षमा शिला थापा चयन भएका छन् । यस्तै, रविन मगर, सन्तोषकुमार राई र होमनाथ ढकाललाई सल्लाहकार चयन गरिएको नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले जनाएको छ । 

    नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य एवं साकेला गाउँपालिका अध्यक्ष अर्जुनकुमार खड्काको प्रमुख आतिथ्यता एवं नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका केन्द्रीय सदस्य मेघराज आचार्य र जिल्ला अध्यक्ष धुर्वराज राईको विशेष आतिथ्यतामा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको पालिका स्तरिय कमिटि गठन गरिएको हो ।

    कार्यक्रममा नेकपा माओवादी केन्द्रका गाउँपालिका कमिटि सचिव नविन राई, नेकपा माओवादी केन्द्रका नेता मिलन चाहार लगायतको उपस्थिति रहेको थियो । 

    प्रकाशित मिति :माघ १०, २०७८ सोमवार - १६:१८:४२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको