बुटवल। कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजतप्रताप शाहसहित तीनजना वडा अध्यक्ष नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरुशनिबार एक कार्यक्रमका बीच नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, महामन्त्री सुरेन्द्रराज आचार्य, कपिलवस्तु क्षेत्र नं.३ का कांग्रेस सांसद अभिषेक प्रताप शाहले पार्टीमा स्वागत गरेका छन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट कृष्णनगर नगरपालिकाको नगरप्रमुख पदमा विजयी भएका शाहको कांग्रेस प्रवेशलाई जिल्लामा निकै महत्वका साथ हेरिएको छ।
शाहसहित एक हजार जना नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस कपिलवस्तुले जनाएको छ ।