शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

मन्त्रिपरिषद विस्तार प्रदेश १ का नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

मन्त्रिपरिषद विस्तार प्रदेश १ का नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

रोदिक खबर

२३, माघ २०७८
  • 3.0K
    SHARES
  • मन्त्रिपरिषद विस्तार प्रदेश १ का नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

    प्रदेश नम्बर १ का नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री राजेन्द्र राईको सिफारिसमा प्रदेश प्रमुखले नवनियुक्त मन्त्रीहरुलाई नियुक्त गरेसँगै आइतबार नै शपथ ग्रहण सम्पन्न भएको हो । आज थप आठजना मन्त्री नियुक्त भएपछि मन्त्रिपरिषद् सदस्यको संख्या १४ पुगेको छ । जसमा १३ मन्त्री र एक राज्यमन्त्री छन् ।

    मुख्यमन्त्री कार्यालयका अनुसार रामकुमार राई, राजन राई, शेखरचन्द्र थापा, ओम प्रकाश सरावागी, प्रतापप्रकाश हाङगाम, खिनु लिम्बु, झलकबहादुर मगर, उपेन्द्रप्रसाद घिमिरेले मन्त्रीको शपथ लिएका छन् । यस्तै विष्णु तुम्बाहम्फेले राज्यमन्त्रीको शपथ लिएका छन् ।

    गत कात्तिक १६ मा गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरिएको हो । इन्द्रबहादुर आङ्बो आर्थिक मामिला, हिमाल कार्की सडक पूर्वाधार तथा सहरी, केदार कार्की आन्तरिक मामिला, जयराम यादव स्वास्थ्यमन्त्री यसअघि नै बनेका थिए ।

    आइतबार थपिएका रामकुमार राई खानेपानी सिंचाई तथा ऊर्जा, राजन राई सामाजिक विकास, शेखरचन्द्र थापा बन, वातावरण तथा भू-संरक्षण, ओमप्रकाश सरवागी उद्योग, श्रम तथा रोजगार, प्रताम प्रकाश हाङगाम भूमि व्यवस्था, खिनु लिम्बु पर्यटन तथा संस्कृति, झलकबहादुर मगर कृषि र उपेन्द्रप्रसाद घिमिरे यातायात व्यवस्था तथा सञ्चार मन्त्री बनेका छन् । यस्तै राज्यमन्त्री बनेका विष्णु तुम्वाहाम्फेले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

    naya-mantri-parishad.jpg

    प्रकाशित मिति :माघ २३, २०७८ आइतवार - १४:२५:५२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको